२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खनाललाई दोस्रो ठूलो सम्मान राष्ट्र गौरव पदवी



अ+ अ-

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदवीबाट सम्मान गरिने भएको छ । यो सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने उक्त मानपदवीमध्ये दोस्रो ठूलो सम्मान हो ।

पूर्वप्रधानमन्त्री खनालसँगै यो सम्मान मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शमशेर राणालाई पनि प्रदान गरिने भएको हो । 

सरकारले संविधान दिवसको अवसरमा हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई विभिन्न मानपदवी र विभूषण गर्दै आएको छ । यो वर्ष सरकारले ९०३ जनालाई सम्मान गर्ने भएको छ