९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय आयल कर्पोरेसनको नयाँ मूल्यसूची, आयल निगमलाई अझै ३ अर्ब बढी मासिक घाटा



अ+ अ-

काठमाडौंः नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले आज जेठ १८ गते नयाँ मूल्य सूची पठाएको छ । नयाँ मूल्य सूची अनुसार निगमलाई अझै पनि मासिक ६ अर्ब १५ करोड घाटा हुने निगमले जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार, निगमलाई पेट्रोलमा प्रति लिटर २३ रुपैयाँ, डिजेलमा रु. २० तथा एलपी ग्यासमा प्रति सिलिन्डर रु. ७५१ घाटा हुने निगमले जनाएको छ ।

प्राप्त नयाँ मूल्यसूची अनुसार पाक्षिक रुपमा पेट्रोलमा रु. ६७ करोड, डिजेलमा रु. १ अर्ब ३० करोड र एलपी ग्यासमा रु. १ अर्ब ४३ करोड घाटा हुनेछ ।

निगमले जुन महिनाका लागि पहिलो किस्ता बापत रु. १६ अर्ब र बाँकी बक्यौता रु. १६ अर्ब गरी जम्मा रु. ३२ अर्ब भारतीय आयल कर्पोरेसनलाई आगामी जुन ८ तारिखमा भुक्तानी गर्नुपर्ने निगमको भनाई छ ।

यस आर्थिक वर्षको वैशाखसम्म निगमलाई रु. ४७ अर्ब नोक्सानी भइसकेको र आगामी असार मसान्तसम्म झण्डै रु. ६० अर्ब नोक्सानी हुने निगमका सहप्रवक्ता पुस्कर कार्कीले प्रकाशन गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले पुुर्वाधारमा लिँइदै आएको कर घटाउने निर्णय गरे पनि निगमले व्यहोर्दै आएको घाटा ठूलो रहेकाले तत्कालै पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्न नहुने निगमको भनाई छ ।

No photo description available.