९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

परिवर्तन नेपाल नामक सस्थाबाट बिभिन्न कलाकार सम्मानित

परिवर्तन नेपाल नामक सस्थाबाट बिभिन्न कलाकार सम्मानित
अ अ+ अ-

काठमाडौं । परिवर्तन नेपालले हरितारा चलचित्र पुरस्कारद्वारा वरिष्ठ अभिनेत्री मिथिला शर्मालाई सम्मान गरेको छ । बुधवार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हरितारा चलचित्र पुरस्कारद्वारा शर्मालाई सम्मान गरेको हो ।

दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार र चेतन कार्की स्मृति पुरस्कारद्वारा पनि चलचित्र क्षेत्रमा विशेष योगदान दिएका कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ अभिनेत्री मिथिला शर्माले कुनैपनि संस्था र व्यक्तिले दिएको सम्मानलाई सम्मानपूर्वक चलाइरहनु पनि अर्को ठूलो अभियान भएको बताउनु भयो । उहाँले यस्ता सम्मानले लामो समय यता चलचित्र क्षेत्रमा पु-याएको योगदानलाई स्मरण गराउने बताउनु भयो ।

त्यस्तै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कार्यक्रमले नारी शक्तिलाई सम्मान गरेकोमा खुशी लागेको बताउनु भयो । उहाँले कलाकारहरु अवसरवादी हुने गरेको भन्दै पाउनु पर्ने व्यक्तिले उचित सम्मान पाउन नसकेको बताउनु भयो । उहाँले कलाकारहरुलाई पनि राजनीतिक विभाजन र सीमावद्ध गरिएको आरोप लगाउनु भयो । वरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलहरुले कलाकारहरुमा विखण्डन ल्याएर एकरुपता बन्न नदिएको बताउनु भयो ।

त्यस्तै वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले पनि कलाकारहरुमा एकतावद्ध हुन नसकेको बताउनु भयो । उहाँले पुराना कलाकारहरुले सबै एकतावद्ध रुपमा अघि बढेपनि नयाँ कलाकारहरुमा मनमुटाव र अहंता बढेको बताउनु भयो । उहाँले नयाँ पुस्तामा ऐक्यवद्धता नरहेको भन्दै नयाँ कलाकारहरुले पनि पुस्ताको संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नायिका दीपाश्री निरौलाले हरिताराको सहयोगले नै आफूलाई कलाकार बन्न सहयोग गरेको बताउनु भयो । उहाँले कलाकारिताको क्षेत्रमा विशेष सहयोग पु¥याउने तर भौतिक रुपमा संसारमा नरहेका कलाकारहरुलाई जीवित राख्ने काम गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै अभिनेत्री रेखा थापाले सफल मानिसको पछाडि दुःख र संघर्ष धेरै हुन्छ भन्ने कुरा नयाँ पुस्ताले स्मरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले चलचित्र क्षेत्रको साझा इतिहास बनाउन चाहने भए सबैले एकअर्कामा हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

सम्मान समारोहमा हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान गरी करिव एक दर्जन चलचित्र क्षेत्रमा योगदान पु¥याएका कलाकार एवं रंग पत्रकारहरुलाई प्रदान गरिएको थियो ।