१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवर्तन नेपाल नामक सस्थाबाट बिभिन्न कलाकार सम्मानित



अ+ अ-

काठमाडौं । परिवर्तन नेपालले हरितारा चलचित्र पुरस्कारद्वारा वरिष्ठ अभिनेत्री मिथिला शर्मालाई सम्मान गरेको छ । बुधवार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हरितारा चलचित्र पुरस्कारद्वारा शर्मालाई सम्मान गरेको हो ।

दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार र चेतन कार्की स्मृति पुरस्कारद्वारा पनि चलचित्र क्षेत्रमा विशेष योगदान दिएका कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ अभिनेत्री मिथिला शर्माले कुनैपनि संस्था र व्यक्तिले दिएको सम्मानलाई सम्मानपूर्वक चलाइरहनु पनि अर्को ठूलो अभियान भएको बताउनु भयो । उहाँले यस्ता सम्मानले लामो समय यता चलचित्र क्षेत्रमा पु-याएको योगदानलाई स्मरण गराउने बताउनु भयो ।

त्यस्तै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कार्यक्रमले नारी शक्तिलाई सम्मान गरेकोमा खुशी लागेको बताउनु भयो । उहाँले कलाकारहरु अवसरवादी हुने गरेको भन्दै पाउनु पर्ने व्यक्तिले उचित सम्मान पाउन नसकेको बताउनु भयो । उहाँले कलाकारहरुलाई पनि राजनीतिक विभाजन र सीमावद्ध गरिएको आरोप लगाउनु भयो । वरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलहरुले कलाकारहरुमा विखण्डन ल्याएर एकरुपता बन्न नदिएको बताउनु भयो ।

त्यस्तै वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले पनि कलाकारहरुमा एकतावद्ध हुन नसकेको बताउनु भयो । उहाँले पुराना कलाकारहरुले सबै एकतावद्ध रुपमा अघि बढेपनि नयाँ कलाकारहरुमा मनमुटाव र अहंता बढेको बताउनु भयो । उहाँले नयाँ पुस्तामा ऐक्यवद्धता नरहेको भन्दै नयाँ कलाकारहरुले पनि पुस्ताको संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नायिका दीपाश्री निरौलाले हरिताराको सहयोगले नै आफूलाई कलाकार बन्न सहयोग गरेको बताउनु भयो । उहाँले कलाकारिताको क्षेत्रमा विशेष सहयोग पु¥याउने तर भौतिक रुपमा संसारमा नरहेका कलाकारहरुलाई जीवित राख्ने काम गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै अभिनेत्री रेखा थापाले सफल मानिसको पछाडि दुःख र संघर्ष धेरै हुन्छ भन्ने कुरा नयाँ पुस्ताले स्मरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले चलचित्र क्षेत्रको साझा इतिहास बनाउन चाहने भए सबैले एकअर्कामा हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

सम्मान समारोहमा हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान गरी करिव एक दर्जन चलचित्र क्षेत्रमा योगदान पु¥याएका कलाकार एवं रंग पत्रकारहरुलाई प्रदान गरिएको थियो ।