९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

जनप्रतिनिधिलाई प्रचण्डको निर्देशनः काममा माओवादी पहिचान देखियोस्

जनप्रतिनिधिलाई प्रचण्डको निर्देशनः काममा माओवादी पहिचान देखियोस्
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । आजदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उहाँले नेता कार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताउनुभयो ।

“हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थ्ये, जनताको सुखदुःखमा सँगै हुन्थ्ये, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, नेता कार्यकर्ता जनताको बीचमा नगएको जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “अब विगतजस्तै जनप्रतिनिधि जनताको सुखदुःखमा सँगसँगै हुनुपर्छ, कम्युनिष्ट क्रान्तिकारी पहिचान कायम होस्, माओवादी सच्चियो, जनताको पार्टी भयो भन्ने हुनुपर्छ ।”

माओवादी र संसद्वादी दलहरुबीचको भिन्नता मेटिँदै गएको भन्दै उहाँले माओवादी हिजोका जति क्रान्तिकारी नभएको भन्ने भान जनतामा परेका बताउनुभयो । माओवादीले अहिले जितेका १२२ पालिका देशभरको नमूना हुन सक्नुपर्नेमा जोड दिँदै उहाँले अर्को चुनाव आइपुग्दासम्म देशको विकास गर्ने, जनताको सेवा गर्ने, समाजवाद स्थापना गर्ने माओवादी नै हो भनेर जनतालाई विश्वासमा लिन सक्नुपर्ने बताउनुभयो ।

फेरि एकपटक माओवादीलाई चुनौतीसहित अवसर प्राप्त भएको भन्दै अध्यक्ष दाहालले श्रमलाई उत्पादनसँगै जोड्दै सामाजिक आर्थिक रुपान्तरणमा लाग्न जनप्रतिनिधिलाई दिर्नेशन दिनुभयो ।

नेता नारायणकाजी श्रेष्ठले उत्पादन वृद्धि, सामाजिक आर्थिक समृद्धि हासिल गर्दै समाजवादको यात्रामा स्थानीय सरकार अगाडि बढ्नुपर्ने बताउनुभयो । शिक्षा विकासको पहिला शर्त भएको उल्लेख गर्दै उहाँले शिक्षाका आमुल सुधार गर्ने नीति लागू गर्न आग्रह गर्नुभयो । “शिक्षा, स्वास्थ्यलगायत विषयमा आधारभूत अवधारणा नै परिवर्तन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “पर्यावरणको रक्षा गर्दै हरित विकासमा जनप्रतिनिधिको ध्यान जानुपर्छ ।”

दुई दिनसम्म चल्ने प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ ।

प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्षनेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी भएका छन् । स्थानीय तहका पदाधिकारी अहिले नीति कार्यक्रम र बजेट निर्माणको तयारीमा छन् । आगामी असार १० गतेभित्र स्थानीय तहले आगामी आवका लागि बजेट प्रस्तुत गर्नुपर्छ ।

‘स्थानीय सरकारको कानुनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’, ‘स्थानीय तहमा स्वास्थ्य र शिक्षा’, ‘सङ्घीयता र स्थानीय सरकार’, ‘स्थानीय तह र सामाजिक न्याय’, ‘स्थानीय सरकार र सुशासन’, ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, ‘स्थानीय तहको लेखा प्रणाली’, ‘स्थानीय तहको बजेट निर्माण’ र ‘स्थानीय तहमा वन, वातावरण र विपद् व्यवस्थापन’लगायत विषयमा प्रशिक्षण दिइने माओवादीले जनाएको छ ।

दोस्रो दिन अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयाल, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुन, चार्टर्ड एकाउन्टेट चन्द्रकान्त भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, विज्ञान तथा प्रविधि विभागका प्रमुख एवं पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, प्रविधिविज्ञ सुलभ बुढाथोकी र डा शैलेन्द्र गिरीले प्रशिक्षण दिने छन् ।