२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा दाङका योजना समेटिए



अ+ अ-

दाङ । सङ्घीय सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७/८० को बजेटमा दाङका योजनासमेत प्राथमिकतामा परेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आवका लागि संसदमा प्रस्तुत बजेटमा पुरानो टरिगाउँ विमानस्थलको स्तरवृद्धि तथा पहुँचमा विस्तार गर्न बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
उहाँले टरिगाउँ विमानस्थलसहित डढेलधुरा, बागलुङको बलेवा, टीकापुर, चौरजहारी विमानस्थल लगायतकोस्तरवृद्धि तथा उदयपुर विमानस्थलको निर्माणकार्य सुरु गर्न संयुक्तरुपमा १२ अर्ब २४ करोड बजेट विनियोजन गरिएको जानकारी गराउनु भएको हो ।

त्यस्तै राप्ती राजमार्ग अन्तर्गत अमेलिया– तुलसीपुर, सल्यानहुँदै रुकुमको मुसिकोट र शहीद मार्गअन्तर्गत घोराही–रोल्पा थवाङहुँदै मैकोट जोड्ने सडकका लागि रु ३ अर्ब बजेट विनियोजन भएको छ । देउखुरीको प्रगन्ना र बडकापथ सिँचाइ आयोजनाको मूलनहर विस्तार गर्नसमेत बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी नेपाल भारत सिमास्थित दाङको कोइलावासमा भन्सार कार्यालय सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण गर्न पनि बजेटमा प्राथमिकता दिइएको छ । यस्तै वृहत दाङ उपत्यका सिँचाइ आयोजनाका लागि पनि बजेट विनियोजन गरिएको छ ।

रोल्पादेखि दाङ डाइर्भसनका लागि सम्भाव्यता अध्ययन गर्न बजेट छुट्याइएको छ । प्यूठान, माडीको पानी दाङमा ल्याई त्यसबाट ३५ मेघावाट जलविद्युत् उत्पादन गर्नका लागि समेत बजेट विनियोजन भएको छ । त्यस्तै बुटवल–लमही ४०० केभि विद्युत् लाइनकार्य सुरु गर्न पनि बजेटमा व्यवस्था गरिएको छ ।

यसैबीच लामो समयदेखि अवरुद्ध भई हाल सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि सरकारले बजेट विनियोजन गरेकोमा यहाँका नागरिक खुसी भएका छन् । उनीहरुले समयमा नै कार्यान्यवनमा लाग्नुपर्ने बताएका छन् । उक्त विमानस्थललाई सरकारले बजेट विनियोजन गरेपछि अब विमानस्थलको स्तरवृद्धि हुनेमा आफू ढुक्क भएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बिमल रिजालले बताउनुभयो ।

उहाँले विमानस्थलको स्तरवृद्धि भएसँगै यहाँ निजी क्षेत्रका ठूला विमानले दैनिक उडान भर्न सुरु गरेपछि आम नागरिकको हवाई सेवामा पहुँच पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

तुलसीपुर उद्योग वाणिज्य सङघले उक्त विमानस्थलको स्तरवृद्धि गर्न दबाब दिने उद्देश्यले स्वतःस्फूर्तरुपमा आर्थिक सङ्कलन अभियानसमेत सुरु गरी र दुई लाखबढी रकम सङ्कलन भएको जनाएको छ । हाल सो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले हप्तामा दुई दिन उडान भर्दै आएको छ ।




भर्खरै