२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

झापा । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई चोरी भएको ४ थान मोटरसाइकल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ बस्ने २१ वर्षीय चन्द्र कुमार योङवा र २० वर्षीय सुरेन्द्र भन्ने जिवन कुरुवाङ रहेका छन् ।

दमक नगरपालिका–६ नेपालीरिका होटल अगाडि पार्किङ गरी राखेको सोही नगरपालिका–४ बस्ने सुमन खड्काको मे. ११ प ५५१२ नम्बरको मोटरसाइकल शुक्रबार चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खोजी गर्ने क्रममा शुक्रबार बिहान सोही नगरपालिका–६ शंखधर चोकमा उनीहरूले उक्त मोटरसाइकल चलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

साथै अनुसन्धान गर्ने क्रममा उनीहरूले थप ३ वटा मोटरसाइकलहरु विभिन्न स्थानबाट चोरी गरेको भन्ने खुल्न आएको छ । चोरी भएका प्र.१.०१.०१५ प ८६९० नम्बर, प्र.१–०१–०१४ प १२४० नम्बर, मे ८ प ९२९७ नम्बरका मोटरसाइकल पाँचथर मिक्लाजुङ गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले फेला परी बरामद गरेको छ ।

उनीहरू उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।