२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेः राष्ट्रियसभा अध्यक्ष



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।

विगतमा हामीले वनलाई धनको रुपमा परिणत गर्न सक्यौ वा सकेनौं भन्ने कुराको समिक्षा गर्दै मुलुकको आर्थिक विकासका लागि त्यसको अधिकतम उपयोग गर्न ढिलाई गर्न नहुने समेत स्पष्ट पार्नु भयो । सामूदायिक वन उपभोक्ता महासंघ, नेपालले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ‘हरियो वन, नेपाल धन’ भन्ने नारा यथार्थपरक भएपनि यसको प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

अध्यक्ष तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रको सफल प्रयोग स्वरुप दोस्रो पटक स्थानीय तह निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै अव त्यसलाई बचाउँदै देश र जनताको हितका लागि आर्थिक विकास र समृद्धिको दिशामा अघि बढन अति आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विगतमा हामीले हरियो वन, नेपालको धन भन्ने गरेका थियौं । आज त्यो हराएर लोप भईराखेको छ । जंगल त बढ्या छ । तर त्यो धनमा परिणत हुन सक्यो वा सकेन ? मार्गचित्रमा ती विषयहरु समेटिएका होलान । हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी नयाँ संविधान ल्याउन सफल भयौं । यसको उपयोगको रुपमा दोस्रो तहको स्थानीय तहको निर्वाचन भयो । अव प्रतिनिधिसभाको निर्वाचन हुनेवाला छ । प्रदेशको चुनाव हुनेवाला छ । यो हिसावले उपलब्धि छ । तर योसँगसँगै हिजोको हाम्रो हरियो वन, नेपालको धन कि त उद्योगमा परिणत भएको भन्न सक्नु पर्दथ्यो । त्यता पनि गएनौं ।

कृषिको सट्टा पर्यटन हुनुपर्दथ्यो । त्यो पनि भएन । त्यसकारण अव यो उपलब्धिलाई बचाउने हो भने देश र जनतालाई साथमा लिएर अघि बढने हो भने देश र जनताको सुःख र प्रगतिको लागि हो भने विगतका ती हाम्रा नाराहरु होईनन् । यथार्थता हुन । हरियो वन नेपालको धन, कृषि प्रदान, उद्योग प्रदान भएर देशलाई आर्थिक विकास र समृद्धिको दिशामा लानुपर्ने हुन्छ । यस हिसावले यो वन क्षेत्रको विकास गर्नुपर्ने हुन्छ । यसलाई डढेलो लगाउने, जंगलहरु फडानी गर्ने काम गर्नु हुन्न । यो चिन्ताको विषय हो ।’

अध्यक्ष तिमिल्सिनाले नेपालमा वन, जंगल बढेपनि डढेलो र कटान गरेर विनास हुने गरेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो ।