७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

सर्लाहीको बलरामा मलेरियाका बिरामी फेला

सर्लाहीको बलरामा मलेरियाका बिरामी फेला
अ+ अ-

सर्लाही । सर्लाहीकोे बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी फेला परका छन् । बलरा नगरपालिका २ र ९ को गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना मलेरियाका बिरामी फेला परेका हुन् ।

बलरा नगरपालिका २ हथियौल र ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया (औलोरोग) देखा परेको र दोस्रो चरणमा स्वास्थ्यकर्मी गाउँमा नै पठाएर रगत परीक्षण गर्दा थप चार जनामा मलेरिया(औलोरोग) देखा परेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभयो । उहाँका अनुसार मलेरियाका बिरामी भेटिएपछि सो क्षेत्रमा कीट र औषधिसहित चिकित्सकको टोली खटाएर रगत परीक्षण गर्दा थप चार जनामा सङ्क्रमण पुष्टि भएको छ । सबै बिरामीको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मलेरिया (औलोरोग) लाग्दछ । मलेरियाका बिरामी भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले बलरा नगरपालिका २ र ९ मा लामखुट्टे मार्न घरघरमा स्वास्थ्यकर्मी खटाएर औषधि छर्कने काम गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । सरकारले सन् २०२२ भित्र मलेरिया शून्य पार्ने र सन् २०२५ भित्र यो रोगलाई उन्मूलन नै पार्ने लक्ष्य लिएको भए पनि बलरा नगरपालिकाको २ र ९ मा २६ जनामा सङ्क्रमण देखा परेको छ ।

सरकारको लक्ष्यमा नै असर पर्ने गरी मलेरियाका बिरामी भेटिएपछि स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले समेत बलरा नगरपालिका २ र ९ मा दक्ष चिकित्सकसहितको टोली खटाएर वस्तुस्थितिबारे जानकारी लिन सुरु गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. मुक्तिनारायण साहले बताउनुभयो । उहाँका अनुसार बलरा नगरपालिका २ र ९ का गाउँबाट अत्यधिक ज्वरो आएका बिरामी प्रादेशिक अस्पताल सर्लाहीमा उपचार गर्न आएपछि स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा मलेरिया सङ्क्रमण रहेको पुष्टि भएको भनी प्रदेश स्वास्थ्य निर्देशनालयलाई जानकारी आएको थियो । सोहीअनुसार जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी प्रदेशबाट समेत टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।

१० देखि १५ दिनसम्म ज्वरो आउनु, टाउको दुख्नु, शरीरका भित्री अङ्ग सुन्निनु, जोर्नी दुख्नु, शरीरमा रगतको मात्रा कम हुनु, थकित महसुस हुनु र औलोको शङ्का लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिने स्वास्थ्य निर्देशक डा साहले बताउनुभयो । उहाँले औलो रोगको परीक्षण तथा उपचार नेपाल सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क हुने पनि बताउनुभयो ।

औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु आवश्यक रहेको बताउँदै डा. साहले घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउने गरेमा यसको टोकाइबाट बच्न सकिने डा साहले बताउनुभयो ।