९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भूउपयोग कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालनमा ल्याइने

भूउपयोग कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालनमा ल्याइने
अ अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूउपयोग कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भूउपयोग कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने बताउनुभएको हो । उहाँले भूउपयोगको विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश भएको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले भूउपयोग कार्यक्रमलाई मन्त्रालयले आवश्यक गृहकार्य गरेर तत्काल कार्यान्वयनमा ल्याउने दाबी गर्नुभयो । सरकारले भूउपयोग नियमावलीको मस्यौदा २०७९ जेठ ९ गते पारित गरेको थियो । भूउपयोग नियमावलीमा भूमिलाई बनावट, भूमिको क्षमता, तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताको आधारमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र आवश्यक्ता अनुसार तोकिएका अन्य क्षेत्र गरी १० वटा भूउपयोग क्षेत्रमा वर्गीकरण गर्न सकिने बताउनु भयो । मन्त्री श्रेष्ठले सरकारले देशभर वा कुनै सिमित क्षेत्रमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर भूउपयोग कार्यक्रम लागू गर्नसक्ने पनि बताउनु भयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘मन्त्रालयले विगतमा तयार पारेको मस्यौदालाई व्यापक छलफल पश्चात परिमार्जन गरी अझै प्रस्ट र कार्यान्वयनयोग्य बनाइ २०७८ माघ ६ गते पुनः मन्त्रिपरिषद्मा पेस गरेको र मिति २०७९ जेठ ९ गते उक्त नियमावली पारित भएको छ । नियमावली पारित भएपछि अब भूउपयोग कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालनमा ल्याइनेछ ।

यस विषयलाई नेपाल सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको छ । अब मन्त्रालयले आवश्यक गृहकार्य गरी निर्देशिका कार्यविधिहरु तयार गर्नेछ । यस विषयलाई तत्काल कार्यान्वनयमा ल्याउनेछ । भूउपयोग कार्यक्रम आफैँमा नयाँ र नेपालमा पहिलोपटक कार्यान्वयन हुने भएकोले यस विषयमा समस्त जग्गाधनी लगायत सरोकारवालाहरुको सहभागिता आवश्यक देखिन्छ ।’

मन्त्री श्रेष्ठले भूउपयोग कार्यक्रम नेपालमा पहिलोपटक कार्यान्वयन हुने भएकोले जग्गाधनी लगायत सरोकारवालाहरुको सहभागिता आवश्यक रहेको बताउनु भयो । उहाँले भूउपयोग नियमावली कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको र व्यवस्थापनको लागि पनि सरल किसिमबाट नियमावलीमा व्यवस्था गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।