२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा गठबन्धनका मेयर जिताउन लागेका तीन कार्यकर्तालाई एमालेले गर्यो कारबाही



अ+ अ-

पोखरा । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन लागेको र खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको भन्दै तीनजना कार्यकर्तालाई कारबाही गरेको छ ।

अडिओ रेकर्डका आधारमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्यलाई कास्की एमालेले कारबाही गरेको हो ।

पहारीले प्रदेश सांसद राजीव पहारीको समेत नाम लिँदै विपक्षी दलका उम्मेदवार धनराज आचार्य जिताउन टेलिफोनमा पैसाको समेत लेनदेन गरेको अडिओ सार्वजनिक भएको थियो ।

मनोज पहारीलाई संगठित सदस्यबाट लिनम्बन गरिएको छ । त्यस्तै, पोखरा ३३ वडाका उपाध्यक्ष महेश अर्याललाई पदीय जिम्मेवारीसहित संगठित सदस्यबाट समेत निलम्बन गरिएको र पोखरा ३३ कै अर्का कार्यकर्ता प्रशान्त आचार्यलाई पनि निलम्बन गरेको जिल्ला अध्यक्ष मनबहादुर गुरुङले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।