२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलका बाँकी खेलहरु आजबाट



अ+ अ-

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु आज (आइतबार)बाट सुरु हुँदैछ । 

कोभिड १९ का कारण स्थगित भएको आईपीएलको बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो ।

आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नई र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।

चेन्नई ७ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ भने मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

लिगको शीर्ष स्थानमा ८ खेलमा १२ अंकसहित दिल्ली क्यापिटल्स रहेको छ । आईपीएलको फाइनल अक्टोबर १५ मा हुनेछ ।