१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहंकार बढाएको खण्डमा नेपाली कांग्रेसलाई पनि ठेगान लगाइदिने चेतावनी दिनुभएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा मोओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आयोजित दुईदिने प्रशिक्षण कार्यक्रममा उहाँले नेकपा (एमाले) को जस्तै कांग्रेसमा अहंकारको संकेत देखिएको बताउनुभयो ।

उहाँले विगतमा एमालेले अहंकार बढाउँदा आफूहरुले उसलाई ठेगान लगाइदिएको उल्लेख गर्दै अहंकार बढाए कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने बताउनुभयो ।

आफ्नो पार्टी कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उहाँले कांग्रेसले माओवादीलाई हल्का रुपमा लिने काम नगरोस् भन्नुभयो ।

हिजो एमालेसँग गठबन्धन गर्दा र एउटै पार्टी बनाउँदा उद्देश्य राम्रो राखिएको भए पनि एमालेको नेतृत्वमा अति धेरै अहंकार बढ्दा उसलाई ठेगान लगाइदिएको उहाँको भनाइ थियो ।

“अहिले कांग्रेसमा पनि अहंकार पलाएको हो कि भन्ने डर पैदा भएको छ । हामीले मेहेनत गरे कांग्रेसका देउवालाई प्रधानमन्त्री बनायौँ । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ । तर हामी चिन्तित छौँ। कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ । भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।”