• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहंकार बढाएको खण्डमा नेपाली कांग्रेसलाई पनि ठेगान लगाइदिने चेतावनी दिनुभएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा मोओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आयोजित दुईदिने प्रशिक्षण कार्यक्रममा उहाँले नेकपा (एमाले) को जस्तै कांग्रेसमा अहंकारको संकेत देखिएको बताउनुभयो ।

उहाँले विगतमा एमालेले अहंकार बढाउँदा आफूहरुले उसलाई ठेगान लगाइदिएको उल्लेख गर्दै अहंकार बढाए कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने बताउनुभयो ।

आफ्नो पार्टी कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उहाँले कांग्रेसले माओवादीलाई हल्का रुपमा लिने काम नगरोस् भन्नुभयो ।

हिजो एमालेसँग गठबन्धन गर्दा र एउटै पार्टी बनाउँदा उद्देश्य राम्रो राखिएको भए पनि एमालेको नेतृत्वमा अति धेरै अहंकार बढ्दा उसलाई ठेगान लगाइदिएको उहाँको भनाइ थियो ।

“अहिले कांग्रेसमा पनि अहंकार पलाएको हो कि भन्ने डर पैदा भएको छ । हामीले मेहेनत गरे कांग्रेसका देउवालाई प्रधानमन्त्री बनायौँ । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ । तर हामी चिन्तित छौँ। कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ । भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।”