१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन र हर्कको जित माओवादीलाई सबक हो : प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको जितलाई माओवादीले सबकका रुपमा लिनुपर्ने बताउनुभएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आयोजित दुईदिने प्रशिक्षण कार्यक्रममा उहाँले काठमाडौँ महानगर र धरान उपमहानगरको मेयरमा जितेका उम्मेदवारले माओवादीले जस्तै धारा, पानी, फोहोरको मुद्दा उठाएर जितेको बताउनुभयो ।

उहाँका अनुसार माओवादीले राम्रोसँग काम गरेको नदेखेपछि जनताले सबक सिकाएको बताउनुभयो । तर पनि काठमाडौँ र धरानजस्तै देशभर नै अब स्वतन्त्र उम्मेदवारले नै जित्छन् भन्ने नभएको उहाँको भनाइ थियो । स्वतन्त्रले नै राज्य चल्ने कुरा बिल्कुल नभएको उहाँले बताउनुभयो ।