१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार रमेश केसीको निधन



अ+ अ-

काठमाडौं । हाँस्य  कलाकार रमेश केसीको निधन भएको छ । 

उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको हो ।

उनी बिहान हाँस्य टेलिसिरियल ‘हर्के हवल्दार’ टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा मोटरसाइकल नै लिएर सुटिङमा पुगेका थिए । 

छायांकन सेटमा पुगेर केही समयपछि उनी बेहोस हुन पुगे । बेहोस भए लगतै उनलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै उनलाई मृत घोषित गरिएको हो । 

उनको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिँदैछ ।