२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्मानको संयोग, तत्कालीन संवैधानिक ईजलासका सबै न्यायाधीशलाई विभूषण



अ+ अ-

 काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती विभूषण र पदकहरु आज घोषणा गर्नु भएको हो । 

सरकारले मरणोपरान्त विभिन्न विशिष्ट व्यक्तिहरुलाई उच्च सम्मान गरेको छ जसमा पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई, स्व. तुलसीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह,  स्व. दुर्गानन्द झा र स्वरसम्राट स्व. नारायण गोपाल गुरुवाचार्य तथा नेता माधव कुमार नेपालका पीता स्व. मंगल प्रसाद उपाध्याय रहनु भएको छ ।

सरकारले प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका अन्य चार न्यायाधीशलाई पनि विभुषण प्रदान गर्ने विवादास्पद निर्णय गरेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्ज्वल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण, न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप पदक, न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलाई प्रसिद्ध प्रवल जनसेवाश्री सम्मान पाउनु भएको छ । 

उहाँहरु पाँचै जना प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा रहनु भएको थियो ।  

हाल नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नि सीता दाहाललाई  प्रवल जनसेवाश्री पदक दिइएको छ । 

प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गर्ने कानून व्यवसायीहरु पनि पिभूषणबाट सम्मानित भएका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी, पदम रोक्का, सुलभ खरेल र समृत खरेललाई पनि सरकारले पदक प्रदान गरेको छ । 

सरकारले सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप  तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।