२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले पसिना पुछ्दै त कहिले पानी पिउँदै थिए केके, यस्तो थियो गायकको अन्तिम क्षण



अ+ अ-

एजेन्सी । मंगलबार राति यस्तो खबर आयो, जसले फिल्म इन्डस्ट्री जगतका मानिसको आँखा मात्र रसाएको छैन, सिंगो भारत र विदेशमा समेत रहने उनका सम्पूर्ण फ्यानहरुलाई स्तब्ध बनाएको छ ।

‘गायक केके रहेनन् ।’ यी शब्दहरूले आज धेरै मानिसहरूको हृदय तोड्यो । लाइभ कन्सर्टमा ‘हम रहे या न रहें कल’ गीत गाउँदै गर्दा यी गायकले साँच्चै यो संसार छाड्छन् भन्ने कसैले सोचेका थिएनन् ।

यो खबर पढ्ने, हेर्ने जो कोहीले लाइभ कन्सर्टमा के भयो जसले आफ्नो मनपर्ने गायक गुमाए भनेर सोचिरहेको हुनुपर्छ । आखिर, गायकले यस संसारलाई बिदा दिँदाको अन्तिम क्षण कस्तो रह्यो होला । यसबारे चर्चा गरौँ ।

गायक कृष्णकुमार कुननाथ उर्फ ​​केकेको कोलकाताको गुरुदास कलेजको फेस्टमा प्रस्तुति दिने क्रममा अचानक स्वास्थ्य बिग्रियो । दर्शकलाई मनोरञ्जन दिँदै गायक बारम्बार आफ्ना सहकर्मीहरूलाई आफ्नो स्वास्थ्यको बारेमा बताइरहेका थिए । तर दर्शकको मनोरञ्जनमा कुनै कमी भएन, जसका कारण उनले कहिले तौलियाले मुख पुछे, कहिले पानीको बोतल उठाए त कहिले स्टेजमा घुमेर आफ्नो प्रस्तुति जारी राखे ।

जब धेरै समस्या भयो, उनले निर्माताहरूलाई स्पटलाइट बन्द गर्न भने । साढे आठ बजे लाइभ कन्सर्ट सकेर केके होटल फर्के । तर, यहाँ पनि उनलाई आराम मिलेन र उनी एक्कासी ढले । त्यसपछि करिब १०ः३० बजे उनलाई कलकत्ता मेडिकल रिसर्च इन्स्टिच्युट (सीएमआरआई) लगियो, जहाँ उनलाई मृत घोषित गरियो । त्यसबखत अस्पतालका वरिष्ठ चिकित्सक, प्रशासनिक अधिकारी र प्रहरी वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

उनको निधनमा भारतका थुप्रै राजनीतिज्ञ, कलाकार, गायकहरुले समवेदना प्रकट गरेका छन् । उनको ‘तडप तडप’, ‘तु जो मिला’, ‘दिल इबादत’, ‘लबों को’, ‘खुदा जाने’, ‘आवारापन बन्जारापन’, लगायत सयौँ गीतहरु सुपरहिट छन् ।

‘असामान्य मृत्यु’ मुद्दा दर्ता
चर्चित गायक केकेको मृत्युपछि प्रहरीले मुद्दा दर्ता गरेको छ । स्रोतका अनुसार प्रहरीले ‘असामान्य मृत्यु’ को मुद्दा दर्ता गरेको छ । केकेको अनुहार र टाउकोमा चोटको निशान भेटिएको मिडिया रिपोर्टमा दाबी गरिएको छ । प्रहरीले आयोजक र होटलका कर्मचारीलाई सोधपुछ गर्न सक्ने बताइएको छ ।