११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी ट्रष्टद्वारा वृक्षरोपण



अ+ अ-

काठमाडौं । हिमानी ट्रष्टले फलफूलमा आत्मनिर्भर बनौं भन्ने सन्देश सहित काठमाडौंको तारकेश्वरमा रहेको शान्तिधाममा वृक्षरोपण गरेको छ । कोषका  अध्यक्ष हिमानी शाह सहितको टोलीले रुद्राक्ष सहित अन्य फलफूलका करिब २०० बिरुवा रोपेको हो ।

पर्यावरण जोगाऊँ फलफूल आयात कम गरौं भन्ने अभियान सञ्चालन गर्दै आएको कोषले मुलुकमा विभिन्न भागमा यस अभियानलाई निरन्तरता दिने बताएको छ ।

सामाजिक सेवाका क्षेत्रमा कृयाशील हिमानी कोषले प्राकृतिक प्रकोप, भूकम्प, बाढी पहिरो, आगलागी, शितलहर जस्ता विभिन्न घटनामा पीडितहरुलाई राहत एवं सहयोग गरिरहेको छ ।साथै कोषले शैक्षिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।