• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

गठबन्धन कांग्रेसका लागि गलगाँड भयो: एमाले नेता पाण्डे



काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा(एमाले)का सांसद सुरेन्द्र प्रसाद पाण्डेले कर्मचारीको तलव १५ प्रतिशतका दरले समान रुपमा बढ्नु न्यायोचित नभएको बताउनुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले महंगिको हिसाबमा कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि हुने ठिकै भएपनि सबै वर्गका कर्मचारीहरुको समान रुपमा तलव वृद्धि हुनु न्यायोचित नभएको बताउनुभएको हो ।

उहाँले यसरी समान रुपमा तलव वृद्धि गर्नु समाजवादउन्मुख हुनु हो भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो – ‘तलव बढायौँ १५ प्रतिशत । ठिकै होला कर्मचारीको महंगीको हिसाबले । तर बिगतमा भन्दा हामीले के कुरा ख्याल गरेनौँ भने फ्ल्याट रेटमा १५ प्रतिशत बढाउँदा तल्लो वर्गका कर्मचारीहरु र माथिल्लोले एउटै दरमा प्राप्त गर्दा यो न्यायोचित भयो त ? यो समाजवादउन्मुख भयो ? विगतमा यस ढंगले हामीले गर्ने गर्दथ्यौँ ? कहीँ पनि म त्यो देख्दिनँ । यो न्यायोचित वितरण त भएन होला । बजेटका उद्देश्य माथि नै यत्रो धेरै व्याख्या गर्दाखेरीमा पनि यो चिजप्रति कतैपनि मेरो त्यहाँ सहमती हुन सकेन । मेरो मनले मानेन ।’

सांसद पाण्डेले वृद्धभत्ता ६८ वर्षमै दिएपनि एमालेले स्याबासी पाउने बताउनुभयो । उहाँले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाले जसले जति वर्षमा झारेर दिएपनि केही फरक नपर्ने बताउनुभयो । उहाँले वृद्धभत्ता ५ हजार पु¥याएको भएपनि राम्रो हुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो – ‘वृद्धभत्तालाई ६८ वर्ष झा¥यौँ नि । वृद्धभत्ता जतिसुकै कुरा गरेपनि यो एमालेको ब्राण्ड जस्तो हुन्छ । तपाई ६८ मा झार्नुस्, ५८ मा झार्नुस् केही फरक पर्दैन । वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास् गर्छन् । ताली ठोक्छन् । तर तपाईले आफैले पनि ५ हजार पु(याउँछु भनेर हिजो घोषणापत्रमा बोलेको होइन र ? पाँच पु¥याएको भए त अझ राम्रो हुन्थ्यो नि । किन गर्नुभएन ? त्यसमा बरु गुनासो छ ।’

उहाँले नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी गर्नुभयो । गठबन्धनलाई सँगै जान गाह्रो भइराखेको उल्लेख गर्दै उहाँले चुनाव भएदेखि गठबन्धनका दलहरु सबै छुट्टीने थिए भन्ने कांग्रेसले चाहेको उहाँले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘गठबन्धन सँगसँगै जानलाई गाह्रो भएको छ । कांग्रेसलाई छिटोभन्दा छिटो झुण्डिएका सबै गलगाड यहाँबाट कहिले यसको पिण्ड चुडाउने भन्ने छ । चुनाव भएदेखि यसको गलगाड छुट्थ्यो कि भन्ने छ । सतिदेवीको अंगपतन भएको जस्तो । चुनावपछि यि सबै कसले हात समातेको छ । कसले खुट्टा समातेको छ । ति सबै त्यहाँबाट छुट्टीएर जाने छन् । कांग्रेस एकलौटी शासनको बडो सपनामा बसिरहेको छ । त्यसकै लागि प्रयास गरिरहेको मैले देख्छु ।’