२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईभी नेपाल मोटर्सको अफर ‘तपाईंको गोजीमा कति छ ?



अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन्।

यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईंको गोजीमा कति छ? ’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ।

यस अनुसार कम्पनीले ‘१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस् ’ भनेको छ। १० हजारमा फाइनान्सका साथ उपलब्ध हुने यो स्किम नेपाली दुई पांग्रे सवारी बजारमा नौलो र आकर्षक स्किम हुन सक्छ।

यसका लागि फाइनान्स पार्टनरको रुपमा ललितपुरको लगनखेलमा अवस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाले ग्राहकलाई आवश्यक फाइनान्स सुविधा उपलब्ध गराउने बताइएको छ, ग्राहकलाई १२, १८ र २४ महिना सम्मका लागि फाइनान्स सुविधा उपलब्ध हुनेछ।

यो स्किममा सम्मिलित हुनका लागि फाइनान्सले मागेका डकुमेन्टहरु उपलब्ध गराउनु पर्नेछ। नेपाली बजारमा एलएक्स०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स ०५, एलएक्स०५–डी, एलएक्स ०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन्। यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ।

यी स्कुटरमा विश्व प्रसिद्ध जर्मनको बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ। ब्याट्री सिंगल र रिप्लेसेबल ड्युअल गरी दुवै प्रकारका छन्।

स्कुटरमा विभिन्न तीन राइडिङ मोड छन् भने एन्टी थेफ्ट रिमोट कन्ट्रोल लगायतका विभिन्न फिचर उपलब्ध छन् भने २ वर्षको वारेन्टी उपलब्ध छ। इलेक्ट्रिक स्कुटरको सर्भिसिङमा खर्च नहुने र पेट्रोलियम पदार्थ समेत प्रयोग नगर्नु पर्ने भएकाले वार्षिक रुपमा करिब एक लाख रुपैयाँ बचत हुने बताइएको छ।

त्यसैगरी नेपालको बिजुली नेपालमै खर्च हुने भएकाले पेट्रोलियम पदार्थ खरिदका लागि विदेश पठाउनु पर्ने पैसा नेपालमै बचत हुनेछ। वातावरण प्रदूषण नहुने भएकाले समेत इलेक्ट्रिक स्कुटर प्रयोग गर्नु उपयुक्त हुन्छ।

काठमाडौं उपत्यकाको नक्साल, भैंसेपाटी, बाफल र पाटनका साथै उपत्यका बाहिर धनगढी, पाल्पा र पोखरामा यसको सोरुम रहेको छ भने २० वटा नयाँ सहरमा चाँडै नयाँ सोरुम सञ्चालनमा आउने बताइएको छ।

बज्र ग्रुप ले नेपाली बजारमा ३० वर्ष भन्दा लामो समय देखि सेवा प्रदान गर्दै आएको छ। नेपाली बजारमा प्रतिष्ठित विदेशी ब्रान्डका सामग्री बिक्री–वितरण गरेर यो ग्रुपले लामो समय देखि नेपाली ग्राहकको मन जितेको छ।