२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० रुपैयाँले घट्यो डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर



अ+ अ-

काठमाडौँ । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँले घटाएको छ । मन्त्रिपरिषद्को बैठकले डिजेल र पेट्रोलको पूर्वाधारमा लाग्दै आएको कर प्रतिलिटर १० रुपैयाँको दरले कटौती गर्ने निर्णय गरेको थियो । त्यस्तो कर घटाएको अर्थमन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार अब डिजेल पेट्रोलको मूल्य घटाउने वा नेपाल आयल निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्नेछ । पूर्वाधार कर घटेसँगै अब मूल्य समायोजनसमेत हुने बताइएको छ ।

सरकारले गरेको पछिल्लोपटकको मूल्यवृद्धिपछि पेट्रोलमा सरकारले प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा कर लगाएको थियो । त्यस्तै डिजेलमा प्रतिलिटर ४५ रुपैयाँ ९१ पैसा कर असुल गर्ने गरेको थियो ।