११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रतिष्ठान र मेमोरियल विश्वविद्यालय क्यानडाबीच समझदारी



अ+ अ-

कर्णाली । स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्याण्ड क्यानडाबीच समझदारी भएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल र मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भ्वाइस प्रिसिडेन्ट मार्गेरेट स्टिलले पाँच वर्षका लागि उक्त समझदारी पत्रमा मङ्गलबार हस्ताक्षर गर्नुभएको हो । प्राज्ञिक तथा शैक्षिक क्षेत्रका साझा मुद्दामा सहकार्य गरेर जाने गरी दुवै पक्षबीच समझदारी भएको प्रतिष्ठानले जनाएको छ ।

‘फ्याकल्टी’ सदस्यबीच ज्ञान आदान प्रदान, विद्यार्थी मोविलिटी, विभिन्न प्रकाशन, अनुसन्धान सामग्री तथा समाचार आदानप्रदान गर्ने, अनुसन्धान, शिक्षण तथा सङ्काय विकाससँग सम्बन्धित कार्यमा संयुक्त सहकार्य गर्ने समझदारी पत्रमा उल्लेख छ ।

त्यस्तै, दुवै पक्षले डिग्री कार्यक्रम विकास तथा विस्तारका लागि साझेदार संस्थासँगको सहकार्यमा संयुक्त अभियान थाल्ने, अन्डरग्याजुएट र ग्र्याजुएट अध्ययनको पूर्ण डिग्री भुक्तानीको लागि अवसर दिने, प्रशासनिक सहयोग र क्षमता अभिवृद्धिमा सहकार्य गर्नेछन् । मूलतः भौतिक, आर्थिक तथा अन्य दायित्वमा दुवै संस्थाबीच कानुनी प्रतिबन्ध नरहने, समझदारी पत्र पाँच वर्षसम्म लागु गर्ने र आवश्यकतामा दुवै पक्षको सहमतिका आधार त्यसलाई थप गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

जुम्ला प्रतिष्ठान पुग्नुभएका मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भाइस प्रिसिडेन्ट मार्गेरेट स्टिलको टोलीका सदस्य मेडिकल एन्थ्रोपोलोजिष्ट प्रोफेसर जिल एलिसन, एमडीजिपी प्रोफेसर डेभिड एलिसनले प्रतिष्ठानको भौतिक संरचना, प्रशासनिक, तथा शैक्षिक क्षेत्रको अध्ययन अवलोकन गर्नुभएको थियो ।

समझदारी पत्र हस्ताक्षर भएपश्चात् प्रतिष्ठान–क्यानडा सहकार्यका लागि उक्त कार्यक्रमअन्तर्गत अनुसन्धान कार्यक्रममा डा तुलाकृष्ण गुप्तालाई नियुक्त गरिएको उपकुलपति डा रावलले बताउनुभयो ।