४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रदेश नं १ को बजेट अधिवेशनको सिद्धान्त र प्राथमिकतामाथिको छलफल समाप्त

प्रदेश नं १ को बजेट अधिवेशनको सिद्धान्त र प्राथमिकतामाथिको छलफल समाप्त
अ+ अ-

विराटनगर । प्रदेश नं १ को १०औँ तथा बजेट अधिवेशनको आज बसेको बैठकमा आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकतामाथिको छलफल समाप्त भएको छ ।

छलफलमा प्रदेशसभा सदस्य उमिता विश्वकर्माले कृषि क्षेत्र बलियो भएमा अर्थतन्त्र पनि बलियो हुने भएकाले यसमा सरकारले बढी ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य नवोदिताकुमारी चौधरीले विगतका सङ्घीय सरकारले प्रदेश सरकारलाई सङ्घीयता इकाई मानेकाले धेरै अधिकार कटौती भएको टिप्पणी गर्दै सरकारले ल्याएको बजेटको सिद्धान्त र प्राथमिकता स्वागतयोग्य छ भन्नुभयो ।

प्रदेशसभा सदस्य नारायणबहादुर मगरले सरकारले सार्वजनिक गरेको सिद्धान्त र प्राथमिकताले बजेट समाजवाद उन्मुख हुने अपेक्षा गर्नुभयो । सदस्य मोहनकुमार खड्काले विगतभन्दा अहिले परिस्कृत भएर आएको सिद्धान्त र प्राथमिकताबाट प्रदेशवासी लाभान्वित हुने कुरामा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य शिवनारायण गनगाँइले सरकारले कृषिलाई उच्चप्राथकितामा राख्नुपर्ने र कृषियोग्य जमिनलाई उपयोग गर्ने नीति ल्याउनुपर्ने धारणा राख्नुभयो । सदस्य लीला सुब्बाले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन कृषि नै सहयोगी बन्ने भएकाले यसतर्फ सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।

सिद्धान्त र प्राथमिकतामा उठेका विषयमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले प्रस्ताव गरेको सिद्धान्त र प्राथमिकता आर्थिक कार्यविधि र वित्तीय उत्तरदायी निर्देशिका बमोजिम ल्याएको बताउनुभयो ।

मन्त्री आङ्बोले सङ्घीय शासन प्रणाली, स्थानीय सरकारका शासन प्रणालीमा सुधार गर्न ल्याएको सिद्धान्त र प्राथमिकताबाट आगामी बजेटले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि गर्न तालिम दिइने जानकारी दिनुभयो । उहाँले दीर्घकालीन वित्तीय दायित्व बढाउने योजना हटाइने र नागरिकलाई प्रतिफल दिने योजना समावेश हुने भन्दै राजस्वको क्षेत्राधिकारभित्र पर्ने सबै स्रोतको भरपुर प्रयोग गर्ने उल्लेख गर्नुभयो ।

मन्त्री आङ्बोले कृषि संरक्षित पेशा भएकाले यसमा सरकारले कर नलगाउने भन्दै खाद्य सङ्कट हटाउन र विदेशी सञ्चिति बढाउन सरकारले कृषि उपज, बजारीकरण र मलखाद् एवं बीउबिजनको व्यवस्था गर्ने धारणा राख्नुभयो । अध्ययन नभएका योजनामा लगानी नगर्ने भन्दै मन्त्री आङ्बोले भन्नुभयो, “अनुत्पादक क्षेत्रमा बजेट कटौती हुने र बहुवर्षीय योजना बजेट विनियोजन हुन्छ ।”

उहाँले अध्ययन भएका सिँचाइका योजना सञ्चालनमा आउने भन्दै सार्वजनिक सेवालाई प्रभावकारी ढङ्गले कार्यान्वयमा ल्याइने बताउनुभयो । “आर्थिक र वित्तीय अनुशासनको मूल मान्यतालाई टेकेर नै बजेट आउँछ, अहिले सङ्घीय सरकारबाट प्रदेश सरकारलाई धेरै अधिकार प्राप्त भएको छ”, मन्त्री आङ्बोले भन्नुुभयो ।

सिद्धान्त र प्राथमिकताका विषय

केन्द्रीय तथ्याङ्क विभागले हालै गरेको प्रक्षेपण अनुसार चालू आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर पाँच दशमलव ४१ प्रतिशत हासिल हुने अनुमान गरिएको छ भने सङ्घीय शासन प्रणालीको सुदृढीकरण, योजनावद्ध विकासका माध्यमबाट आर्थिक रुपान्तरण, प्रभावकारी अन्तरतह समन्वय र सहकार्य, आर्थिक विकास एवं लगानीमैत्री वातावरण, समन्यायिक एवं सन्तुलित विकास, बजेट प्रणालीको सुधार र आर्थिक अनुशासन, प्रभावकारी स्रोत परिचालन, शासकीय सुधार र सुशासन अभिवृद्धि, कृषि क्षेत्रको विकास, औद्योगिक क्षेत्रको विकास र प्रवद्र्धन, भौतिक पूर्वाधार विकास, स्वास्थ्य सेवा तथा सामाजिक विकास, पर्यटन क्षेत्रको प्रवद्र्धन, सहकारी तथा गरिबी निवारण, वन, वातावरण संरक्षण र विपद् व्यवस्थापन, सार्वजनिक सेवाप्रवाह र सुशासन जस्ता विषय सिद्धान्त र प्राथमिकतामा समावेश गरिएको छ ।

प्रदेशसभाको अर्को बैठक २०७९ जेठ २५ गते दिउँसो २ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।