७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिनानै सरकारले बजेट ल्यायो – सांसद दाहाल



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमविनानै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतिलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाउनु भयो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले चालू खाता घाटा, व्यापार घाटा, शोधनान्तर घाटा, घटदो मुद्रा संचितिलाई सम्बोधन गर्ने कुनै ठोस कार्यक्रम बजेटमा नभएको उल्लेख गर्नु भयो । सांसद दाहालले बजेटले वैदेशिक मुद्राको संचिति, आन्तरिक सन्तुलनमा पनि ध्यान दिन नसकेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘कुरा एकदम ठूल्ठूला गर्नु भएको छ । अहिले हामीले १७ खर्वको बजेट ल्याएका छौं । यो बजेटले हाम्रा अर्थतन्त्रमा देखिएको चुनौतिहरुलाई चाँही अनदेखा गरेको छ । जोखिमको डिलमै पुगेको अर्थतन्त्र । बाह्य सन्तुलन कायम गर्ने कुनै ठोस कदम ल्याएन ।

चालू खाता घाटा, व्यापार घाटा, शोधनान्तर घाटा, घटदो मुद्रा संचितिलाई सम्बोधन गर्ने कुनै ठोस कार्यक्रम छैन । अव अहिले हामी करिव ६ महिना मात्रै धान्न सक्ने वैदेशिक मुद्रा संचितिमा छौं । संकटग्रस्त स्थितितर्फ गएको छ । त्यसलाई कसरी हल गर्ने भन्ने तर्फ चाँही यो बजेट केन्द्रित छैन । विप्रेशन, बैदेशिक रोजगारी र यसको प्रतिस्थापनमा कुनै वैकल्पिक स्रोतको न खोजी ग¥यो ? न कार्यक्रम नै ल्यायो ? यहाँ रोजागारी बढाउने हो, बैदेशिक रोजगारीलाई झिक्ने हो भने अनि हामीलाई बैदेशिक मुद्रो संचिति कहाँबाट आउँछ ?

यो बजेटले कहीँ पनि बोलेको छैन । त्यसैले वैदेशिक मुद्रा संचितिको बैकल्पिक उपायको बारेमा नसोचिकन ल्याएको बजेटले हामी कुन दिशातर्फ जाँदैछौं भन्ने कुराको संकेत गर्छ । त्यसैगरी आन्तरिक सन्तुलनमा पनि ध्यान दिन सकेन । अहिले तरलता संकटचाँही विद्यमान छ । कर्जाको उत्पादनशील क्षेत्रमा प्रयोग भएको छैन । कर्जा गएको छ, तर उत्पादकत्व वृद्धि भएको छैन । कर्जा प्रवाहको कुनै अनुसन्धान पनि छैन । स्पष्ट कार्यक्रम पनि दिशा पनि छैन । कर्जाले व्यापार घाटा मात्रै वृद्धि गरिराखेको छ । यसतर्फ पनि ठोस कार्यक्रम छैन ।’

सांसद दाहालले कर्जा प्रवाहले उत्पादकत्व नबढाएको उल्लेख गर्दै त्यसको प्रयोगबारे अनुसन्धान गर्ने कार्यक्रम समेत बजेटमा समावेश नगरिएको बताउनु भयो ।