९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिनानै सरकारले बजेट ल्यायो – सांसद दाहाल

अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिनानै सरकारले बजेट ल्यायो – सांसद दाहाल
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमविनानै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतिलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाउनु भयो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले चालू खाता घाटा, व्यापार घाटा, शोधनान्तर घाटा, घटदो मुद्रा संचितिलाई सम्बोधन गर्ने कुनै ठोस कार्यक्रम बजेटमा नभएको उल्लेख गर्नु भयो । सांसद दाहालले बजेटले वैदेशिक मुद्राको संचिति, आन्तरिक सन्तुलनमा पनि ध्यान दिन नसकेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘कुरा एकदम ठूल्ठूला गर्नु भएको छ । अहिले हामीले १७ खर्वको बजेट ल्याएका छौं । यो बजेटले हाम्रा अर्थतन्त्रमा देखिएको चुनौतिहरुलाई चाँही अनदेखा गरेको छ । जोखिमको डिलमै पुगेको अर्थतन्त्र । बाह्य सन्तुलन कायम गर्ने कुनै ठोस कदम ल्याएन ।

चालू खाता घाटा, व्यापार घाटा, शोधनान्तर घाटा, घटदो मुद्रा संचितिलाई सम्बोधन गर्ने कुनै ठोस कार्यक्रम छैन । अव अहिले हामी करिव ६ महिना मात्रै धान्न सक्ने वैदेशिक मुद्रा संचितिमा छौं । संकटग्रस्त स्थितितर्फ गएको छ । त्यसलाई कसरी हल गर्ने भन्ने तर्फ चाँही यो बजेट केन्द्रित छैन । विप्रेशन, बैदेशिक रोजगारी र यसको प्रतिस्थापनमा कुनै वैकल्पिक स्रोतको न खोजी ग¥यो ? न कार्यक्रम नै ल्यायो ? यहाँ रोजागारी बढाउने हो, बैदेशिक रोजगारीलाई झिक्ने हो भने अनि हामीलाई बैदेशिक मुद्रो संचिति कहाँबाट आउँछ ?

यो बजेटले कहीँ पनि बोलेको छैन । त्यसैले वैदेशिक मुद्रा संचितिको बैकल्पिक उपायको बारेमा नसोचिकन ल्याएको बजेटले हामी कुन दिशातर्फ जाँदैछौं भन्ने कुराको संकेत गर्छ । त्यसैगरी आन्तरिक सन्तुलनमा पनि ध्यान दिन सकेन । अहिले तरलता संकटचाँही विद्यमान छ । कर्जाको उत्पादनशील क्षेत्रमा प्रयोग भएको छैन । कर्जा गएको छ, तर उत्पादकत्व वृद्धि भएको छैन । कर्जा प्रवाहको कुनै अनुसन्धान पनि छैन । स्पष्ट कार्यक्रम पनि दिशा पनि छैन । कर्जाले व्यापार घाटा मात्रै वृद्धि गरिराखेको छ । यसतर्फ पनि ठोस कार्यक्रम छैन ।’

सांसद दाहालले कर्जा प्रवाहले उत्पादकत्व नबढाएको उल्लेख गर्दै त्यसको प्रयोगबारे अनुसन्धान गर्ने कार्यक्रम समेत बजेटमा समावेश नगरिएको बताउनु भयो ।