२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्द गरियो मेलम्ची सुरुङको ढोका



अ+ अ-

काठमाडौँ । वर्षायाम सुरु भएपछि मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा पानी पठाउन बन्द गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथाको सुरुङमा पानी पठाउन बन्द गरिएको हो । वर्षायाममा सुरुङमा क्षति नपुगोस् भनेर सुरुङ बन्द गरिएको आयोजनाले बताएको छ ।

सुरुङमा पानी पठाउन बन्द गरिएपछि काठमाडौँमा मेलम्चीको पानी आउने क्रम रोकिनेछ । सोमबारदेखि नै थोरै थोरै गरेर पानी पठाउन बन्द गरिएको हो । एकपटक सुरुङ बन्द गर्दा समस्या आउनसक्ने आयोजनाको भनाइ छ ।

मेलम्ची खानेपानी विकास समितिले वर्षायाम सुरु भएसँगै सुरुङमा पानी पठाउन बन्द गरिने बताएको थियो । मनसुन सुरु भएसँगै सचेतना अपनाइएको समितिको भनाइ छ ।

गत असार १ गते राति भ्रेमाथाङमा गएको पहिरोले मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षतिग्रस्त भएको थियो । सोबेला आएको लेदोसहित आएको बाढीले मुहानमा रहेको आयोजनाको संरचनालाई पुरेको थियो । गरिएको थियो ।

मुहानमा सो बेला खासै क्षति नपुगे पनि आयोजनाको संरचनालाई बाढीले पुरेको थियो । सोअघि चैतको दोस्रो सातादेखि पहिलोपटक मेलम्चीको पानी काठमाडौँमा वितरण गरिएको थियो । असार १ गतेराति आएको बाढीले क्षति पुयाउँदा फेरि काठमाडौंबासीले मेलम्चीको पानी खान पाउने हो की होइन भन्ने द्विविधा थियो ।

यद्यपि गत मंसिरदेखि मुहानमा रहेको ग्रेगान सफा गरेर पुनः गत वैशाखदेखि काठमाडौँमा पानी पठाइएको थियो ।

सुरुङमा पानी पठाउन बन्द गरिएपछि आजदेखि काठमाडौँमा वितरण गरिने खानेपानीको तालिका परिवर्तन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखाले मेलम्ची खानेपानी वितरण बन्द भएको सूचना जारी गरेपछि वितरण तालिका परिवर्तन भएको हो ।