११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्द गरियो मेलम्ची सुरुङको ढोका



अ+ अ-

काठमाडौँ । वर्षायाम सुरु भएपछि मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा पानी पठाउन बन्द गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथाको सुरुङमा पानी पठाउन बन्द गरिएको हो । वर्षायाममा सुरुङमा क्षति नपुगोस् भनेर सुरुङ बन्द गरिएको आयोजनाले बताएको छ ।

सुरुङमा पानी पठाउन बन्द गरिएपछि काठमाडौँमा मेलम्चीको पानी आउने क्रम रोकिनेछ । सोमबारदेखि नै थोरै थोरै गरेर पानी पठाउन बन्द गरिएको हो । एकपटक सुरुङ बन्द गर्दा समस्या आउनसक्ने आयोजनाको भनाइ छ ।

मेलम्ची खानेपानी विकास समितिले वर्षायाम सुरु भएसँगै सुरुङमा पानी पठाउन बन्द गरिने बताएको थियो । मनसुन सुरु भएसँगै सचेतना अपनाइएको समितिको भनाइ छ ।

गत असार १ गते राति भ्रेमाथाङमा गएको पहिरोले मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षतिग्रस्त भएको थियो । सोबेला आएको लेदोसहित आएको बाढीले मुहानमा रहेको आयोजनाको संरचनालाई पुरेको थियो । गरिएको थियो ।

मुहानमा सो बेला खासै क्षति नपुगे पनि आयोजनाको संरचनालाई बाढीले पुरेको थियो । सोअघि चैतको दोस्रो सातादेखि पहिलोपटक मेलम्चीको पानी काठमाडौँमा वितरण गरिएको थियो । असार १ गतेराति आएको बाढीले क्षति पुयाउँदा फेरि काठमाडौंबासीले मेलम्चीको पानी खान पाउने हो की होइन भन्ने द्विविधा थियो ।

यद्यपि गत मंसिरदेखि मुहानमा रहेको ग्रेगान सफा गरेर पुनः गत वैशाखदेखि काठमाडौँमा पानी पठाइएको थियो ।

सुरुङमा पानी पठाउन बन्द गरिएपछि आजदेखि काठमाडौँमा वितरण गरिने खानेपानीको तालिका परिवर्तन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखाले मेलम्ची खानेपानी वितरण बन्द भएको सूचना जारी गरेपछि वितरण तालिका परिवर्तन भएको हो ।