२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक – मेटमणि चौधरी



अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गर्नु भएको छ ।

सांसद चौंधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएकाले यो धेरै महत्वपूर्ण रहेको दावी समेत गर्नु भयो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै आएको पनि बताउनु भयो । सांसद चौंधरीले भन्नु भयो, ‘बजेट सन्तोषजनक छ । नेपाली समाजको कम्पोजिशनलाई हेरेर बजेट ल्याएकाले म माननीय अर्थमन्त्रीलाई धन्यवाद दिन चाहन्छु । बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै अघि बढेको छ । र, समग्रमा बजेटले उत्पादनमा, स्थिरता र समावेशितामा जोड दिएको मैले अनुभूति गरेको छु । त्यसैले पनि यो बजेट धेरै महत्वपूर्ण छ । त्यसैगरी बजेटले कृषि क्षेत्रको रुपान्तरण गर्ने कुरालाई धेरै प्राथमिकतामा राखेको छ । र, सरकारी र निजी क्षेत्रको सहकार्यमा उत्पादन गर्ने कुरा समावेश गरिएको छ ।

रोजगारी सृजना र गरिवी निवारणको कुरालाई पनि बजेटमा धेरै महत्वका साथ उठाइएको छ । यतिमात्रै नभई मानव संशाधनको विकास गर्ने कुरा, पूर्वाधार विकास र पूँजी निर्माण गर्ने कुरा, जलविद्युत उत्पादन, प्रशारण लाईनको विस्तार र ग्रामिण विद्युतीकरणमा जोड दिने कुरा बजेटमा उल्लेख गरिएको छ । बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेको छ ।’

सांसद चौधरीले बजेटमा पूर्वाधार विकास र पूँजी निर्माण गरेर मुलुकलाई समृद्ध बनाउने कुरा पनि समावेश गरिएको बताउनु भयो ।