१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अर्थमन्त्रीले बोक्नुभएको ब्रिफकेस तोडफोड र कुर्सी भाँचिएन, हाम्रो लोकतन्त्र परिपक्क हुँदैछ’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले संसदमा अर्थमन्त्रीले ढुक्कसँग बजेट पढ्न पाएको भन्दै नेपालको लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

नेता भट्टराईले भने, ‘माननीय अर्थमन्त्रीज्यूले यो बजेट प्रस्तुत गर्दा उहाँले बोक्नुभएको बजेट वक्तव्यको ब्रिफकेस तोडफोड भएन । संसदमा सांसद बस्ने कुर्सी भाँचिएन । संसदका माइकहरु भाँचिएनन् र शान्तपूर्वक अर्थमन्त्रीज्युले २ घण्टा ५५ मिनेट बजेट बढ्न पाउनुभयो । सायद हाम्रो लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व हुँदै जाँदैछ । हामी संयमता र धैर्यतातिर जाँदैछौं त्यस अर्थमा म खुशी व्यक्त गर्न चाहन्छु ।’