९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त तमोर कोरिडोरका लागि बजेट विनियोजन

राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त तमोर कोरिडोरका लागि बजेट विनियोजन
अ अ+ अ-

फुङ्लिङ । सरकारले राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरका लागि आवश्यक बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गर्नुभएको बजेटमा उक्त करिडोरका लागि प्राथमिकतामा राखी आवश्यक रकमको व्यवस्था गरिएको हो ।

चीन र भारतलाई जोड्न कोरिडोर नेपालको अन्तिम बस्ती तथा चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलामा अहिले कोरिडोरको अन्तिम ट्र्याक खोल्ने काम भइरहेको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताउनुभयो । चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङचुङगोला हँुदै गैरी पाटीसम्म ३५ किलोमिटर लमो ट्र्याक चीनको निर्माण कम्पानीले दुई वर्ष अगाडिनै खोलिसकेको छ । सुनसरी जिल्लाको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङलुङ–७ ओलाङचुङगोलाको मगावामा अहिले ट्र्याक खोल्ने काम भइरहेको छ ।

उत्तर दक्षिण लोक सडक आयोजनाका सूचना अधिकारी माधव पौडेलका अनुसार भारतको जोगवनीहुँदै कोरिडोरले १ नम्बर प्रदेशको राजधानी विराटनागर क्षेत्रबाट भारत र चीनसँग सडक सञ्जालनले जोड्ने जोडने भएको छ । सुनसरीको चतारादेखि ओलाङचुङगोलासम्म २३० किलोमिटर र ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर दूरी छ ।

तमोर कोरिडोर जम्मा २५४ किलोमिटर दूरीमा पर्दछ । प्रदेश नं १ को राजधानी विराटनगरको नाका भारतको जोगबनीदेखि ६० किलोमिटरमा सुनसरीको चोतारा पर्दछ । तीनसय चौध किलोमिटरले मित्रराष्ट्र भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने कोरिडोरका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको हो ।
धनकुटाको मूलघाटबाट खन्न सुरु गरिएको यो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना ओलाङचुङगोलासम्ममा अहिले ट्र्याक खोल्ने काम भइरहेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले बताउनुभयो । तमोर कोरिडोर निर्माणका लागि तीनवटा ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट निर्माण अघि बढाइएको थियो । सबै ब्लकको पहिलो ट्र्याक खुलाइएको थियो । अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको गोलाङचुङगोको सुकेपानीदेखि गैरीपटीसम्मको दुई किलोमिटरको काम मात्र बाँकी रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

करिब १८० किलोमिटर लम्बाइको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका–२ देखि पाँचथरको लुबुघाट माझीटार ताप्लेजुङ छिचोलेर ओलाङचुङगोला हुँदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्ने छ ।

यो सडकखण्डमा विभिन्न आकारका १० वटा पुल निर्माण हुने क्रममा रहेको ओयोजनाले जनाएको छ ।

तमोर कोरिडोर विसं २०६५ मा सडक उपभोक्ता समिति गठन गरी निर्माण सुरु गरिएको थियो । विसं २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको हो । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको बताइएको छ । यो सडक निर्माण भएपछि भारततर्फ जोगवनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ ।