७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पा कारागारमा निधन भएका सुन्दर हरिजन प्रकरणको छानविन गर्न सांसद विशंखेको माग



अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले रोल्पा कारागारमा निधन भएका सुन्दर हरिजन प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गर्नु भएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विशंखेले विजयविक्रम शाहको नाममा सुन्दर हरिजनलाई रोल्पा कारागार राखिएको र शाहलाई भने हरिजनको नाममा कारागारबाट छुटाउने षड्यन्त्र गरिएको बताउनुभयो । उहाँले केही दिन अघि सुन्दर हरिजनको कारागारमै निधन भएकोमा समग्र घटनाको छानविन गर्नुपर्ने बताउनुभयो । उहाँले यस घटनाबाट नेपालको सिंगो न्याय प्रणाली, सुरक्षा संयन्त्र र राज्यको पुरै शासन संरचनामाथि प्रश्न चिन्ह खडा भएको उल्लेख गर्नुभयो ।

सांसद विशंखेले घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘उक्त घटनामा सिंगो न्याय प्रशासन, न्यायालय जोडिएको कारणले गर्दाखेरी म संसदीय छानविन समिति गठन गरियोस् । र अपराधी करारलाई यथाशीघ्र छानविनको दायरामा लिइयोस् । र सर्वोच्च अदालत न्यायालय पनि जोडिएको कारणले गर्दा गृह मन्त्रालय र सर्वोच्च अदालतका न्यायाधीशसहितको छानविन समिति, संसदीय छानविन समिति र सरकारद्वारा गृह मन्त्रालयमा अर्को छानविन समिति गठन गरियोस् भनेर म सभामुख मार्फत् सरकारलाई माग गर्दछु ।’

उहाँले सो घटनाको छानविनका लागि संसदीय छानविन समितिको साथसाथै गृह मन्त्रालयले पनि सरकारको तर्फबाट अर्को छानविन समिति गठन गर्नुपर्ने बताउनुभयो ।