२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट कार्यान्वयनको सन्दर्भमा चिन्तित छु – माधवकुमार नेपाल



अ+ अ-

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९÷८० को बजेटमा धेरै कुराहरु राम्रो भएको भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गर्नुभयो । उहाँले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सिमित नगरी व्यवहारमा लागु हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘आम रुपमा राम्रो पक्ष के छ भन्दाखेरी विभिन्न कृषि पद्धार्थहरुको उत्पादनमा जोड दिने कुराहरु गरिएको छ । हामीकहाँ कस्तो छ भने कुराहरु धेरै राम्रा हुन्छन् । योजनाहरु बडो राम्रो देखिन्छ । तर कार्यान्वयनको पक्ष बडो फितलो छ । अब योजनाको पाटोमा कुरा गर्दाखेरी हाम्रो संरचनाले त्यसलाई साथ दिन्छ कि दिदैन ? संरचनाहरु चुस्त, दुरुस्त छन् कि छैनन् ? लेखिएको कुरा मात्रै कागजमा सिमित हुने हो कि व्यवहारमा लागु हुने हो ? भन्ने पक्षमा हाम्रो बढ्ता चिन्ता छ । कार्यान्वयनको समस्या नै अहिलेसम्म एउटा महत्वपूर्ण समस्याको रुपमा रहेको छ ।

कतिपय कार्यक्रमहरु राम्रो देखिएको भएतापनि तर हामीकहाँ कार्यान्वयन गर्ने कुराको सन्दर्भमा क्वालिटीको काम भयो कि भएन र हामीले तोकेको रकम या हामीले तय गर्न खोजेको परियोजना लगानी र त्यसले दिने प्रतिफल यो दुवै कुरालाई बिचार गरेर तय गरिएको छ कि छैन ? हामी हजारौँ परियोजना अघि सार्छौ एकैचोटी । सक्दै नसक्ने, भ्याउँदै नभ्याउने, सम्भव नै नहुने थुप्रै परियोजनाहरु अगाडी सार्छौ र सबैमा कनिका छरेजस्तै बजेट पनि छर्ने गरेका छौँ । यसले गर्दाखेरी ठोस रुपमा भएको काम जुन देखिनुपर्ने हो त्यो काम गौरव गर्नुपर्ने हो, त्यो काम देखिदैन ।’

संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बैठकले बजेटको कमिकमजोरीहरुलाई हटाएर अझ समृद्ध बनाएर लागु गर्नु राम्रो हुने निष्कर्ष निकालेको बताउनुभयो । उहाँले भन्नुभयो –‘यो बैठकमा हामीले बजेटको बारेमा छलफल ग¥यौँ । बजेट कस्तो आयो भनेर । बजेटमा कतिपय राम्रा कुराहरु आएका छन् । तर अझै हामी समाजवादको लक्ष्यतर्फ जाने हिसाबले अझै कयौँ कुराहरुमा कमिकमजोरीहरु पनि छन् । ति कमिकमजोरीलाई हटाएर यो बजेटलाई अझै समृद्ध बनाएर लागु ग¥यो भने राम्रो हुन्छ भन्ने निष्कर्ष त्यस्तै आइराखेको छ ।’

बैठकमा अध्यक्ष नेपालले बजेटको बुँदाहरु राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सांसदहरुलाई आग्रह गर्नुभयो ।