४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा छैनः अर्थमन्त्री

आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा छैनः अर्थमन्त्री
अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको बताउनु भएको छ ।

सोमबार बजेटबारे अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गर्ने कुरा, आत्र्मनिर्भर अर्थतन्त्र बनाउने कुरा, तलव वृद्धि गर्ने कुरा कुनै पनि कुरा चुनावसँग सम्बन्धि छ भनेर भन्न नमिल्ने स्पष्ट पार्नु भयो । उहाँले चार वर्ष अघिको सरकारले ल्याएको कार्यक्रमलाई पनि बजेटले निरन्तरता दिएको उल्लेख गर्दै त्यसलाई पनि चुनावी बजेट भन्न मिल्छ र ? भनि प्रश्न समेत गर्नु भयो । उहाँले भन्नुभयो, ‘यो चुनावी बजेट हो भनिएको छ । यहाँ चुनावको कुरा छैन कहीँ पनि । हिजो दिईरहेको कुरा निरन्तर गरिएको हो । अलिकति तलमाथि गरेको बाहेक के चुनावी गरिएको छ र ? उत्पादन वृद्धि गर्ने कुरा चुनावी कुरा हो र ? आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा चुनावी कुरा हो र ? तीन वर्षको स्वतहः तलव बढाउने कुरा थियो कर्मचारीहरुको । ऐनमै त्यसको व्यवस्था छ । तलव बढाउनु चुनावी कुरा होईन । तालिम दिनुपर्छ युवाहरुलाई भन्ने कुरा चुनावको कुरा हुँदैन । किसानलाई पेन्सन दिने कुरा पनि चुनावी कुरा होईन । यो चुनावी कुरा होईन, उत्पादन बढाउने कुरा हो । चुनावी बजेट जे भनियो, यो चुनावी बजेट होइन । विगतकै बजेटको पनि निरन्तरता धेरै छन । तीन चार वर्ष अघिको सरकारले बनाएको बजेट पनि चुनावी बजेट हो त ?’

अर्थमन्त्री जनार्दन शर्माले सरकारको प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारनै बजेट आएको पनि बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सृजना गर्ने, गरिवीको अन्त्य गर्ने, हाम्रा स्रोत, साधनहरुको सही परिचालन र व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘नीति तथा कार्यक्रमले निर्देश गरे अनुसार बजेट ल्याइएको छ । बजेट गाउँको बाटो मात्रै होईन, बजेट गाउँको रोजगारी पनि हो । बजेट गरिवीको अन्त्य पनि हो । बजेट हाम्रा स्रोत साधनहरुको सही परिचालन र व्यवस्थापन पनि हो । यो एउटा चुनौति हामीले थपेको हो । हामीले भनेका छौं–यति प्रतिशत आयात प्रतिस्थापन गर्छौं । उत्पादन वृद्धि गर्छौ । यति लाख हामी रोजगारी सृजना गर्छौंं ।’

अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालयमा प्रयोग गरिएको सेनिटाईजर समेत विदेशी भएको पाइएको पनि आफूहरुले स्वदेशी बस्तुको प्रयोगमा जोड दिने निष्कर्ष निकालिएको पनि बताउनु भयो । अर्थमन्त्री शर्माले भन्नु भयो, ‘अव सरकारले स्वदेशी बस्तुनै प्रयोग गर्नुपर्छ । विस्कृट त चाँहियो तर त्यो पनि स्वदेशी आओस्न । सेनिटाईजर स्वदेशी आओस् । मास्क पनि स्वदेशी आओस् । सुरु कस्ले गर्ने त ? पहिला सरकारले गर्नुप¥यो । सरकारमा बस्ने पहिले हामीले नै सुरु गर्नुप¥यो । त्यसो गर्ने प्रतिवद्धता हामीले गरेको छौं र, हामीसँग धाँगो कारखाना छ । कपडा उद्योग छ । प्राईभेट धागो कारखाना छ । तिनलाई पनि सहुलियत दिँदैछौं । तिनलाई हामी सुविधा दिँदैछौं । विजुलीमा सुविधा दिन्छौं हामी । निर्यात गर्दा नगद इन्सेन्टिभ दिन्छौं । त्यसबाट हामी उनीहरुलाई उत्साहित गर्न खोजिराखेका छौं । टायर उद्योग, रवर उद्योग त्यत्तिकै छ । त्यसलाई बेच्नुपर्ने अवस्था छ ।’

अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पूर्ण रुपमा कार्यान्वयन हुने दावी समेत गर्नु भयो । उहाँले बजेटमा निर्माण व्यवसायीलगायतका केही विषयहरु छुटेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई समेटेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । अर्थमन्त्री शर्माले बजेट पूर्ण र उत्कृष्ट नभएपनि देश र जनताको आकांक्षालाई सम्बोधन हुने गरी आएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘यो पूर्ण छ । उत्कृष्ट छ ? होइन । राम्रो गरौं भनेर कोसिस गरिएको छ । कुनै क्षेत्र छुटेको होला । कुनैमा ध्यान नपुगेको पनि होला । त्यसका लागि पनि हामी क्षमाप्रार्थी छौं । यो गर्दै जाँदा कतिपय क्षेत्र चित्लिँदो पनि रहेछ । ध्यान नपुग्दो रहेछ । तर जे जति हाम्रो क्षमताले भ्याएको, हाम्रो टिमले जति सक्यो, यति ग¥यौं । हामीलाई के विश्वास छ भने यसलाई कार्यान्वयन पनि गर्न सक्छौ हामी । यसका लागि केही नीतिगत कुरा पनि उठाइएको छ यहाँ । हामीलाई त सम्बोधन भएन भनेर भनिराखेको छ एउटा सेक्टरले । अलिअलि छुटेको पनि छ । निर्माण व्यवसायीको गुनासो आएको रहेछ । तर उहाँहरुलाई पनि हामीले सजिलो बनाउने काम गरेका छौ । छुटेको छन भने पनि सम्बोधन गर्ने ठाउँ छ, हामी गरौंला । बजेटमा राखिएको लक्ष्य प्राप्त गर्न सक्छौ भन्ने मलाई विश्वास छ । हामीले सकेको कोसिस गरेको हो । राष्ट्रप्रति जनताको आकांक्षालाई सम्बोधन गर्नुपर्छ भनेर अहिलेको सरकारले कोसिस गरेको हो । सरकारले जति सकिन्थ्यो त्यति ग¥यौं ।’

अर्थमन्त्री शर्माले बजेटले आयात प्रतिस्थापन गर्ने, स्वदेशी उत्पादनमा जोड दिने, रोजगारीको अवसर सृजना गर्ने कामलाई प्राथमिकता दिएको पनि स्मरण गराउनु भयो ।