• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा छैनः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको बताउनु भएको छ ।

सोमबार बजेटबारे अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गर्ने कुरा, आत्र्मनिर्भर अर्थतन्त्र बनाउने कुरा, तलव वृद्धि गर्ने कुरा कुनै पनि कुरा चुनावसँग सम्बन्धि छ भनेर भन्न नमिल्ने स्पष्ट पार्नु भयो । उहाँले चार वर्ष अघिको सरकारले ल्याएको कार्यक्रमलाई पनि बजेटले निरन्तरता दिएको उल्लेख गर्दै त्यसलाई पनि चुनावी बजेट भन्न मिल्छ र ? भनि प्रश्न समेत गर्नु भयो । उहाँले भन्नुभयो, ‘यो चुनावी बजेट हो भनिएको छ । यहाँ चुनावको कुरा छैन कहीँ पनि । हिजो दिईरहेको कुरा निरन्तर गरिएको हो । अलिकति तलमाथि गरेको बाहेक के चुनावी गरिएको छ र ? उत्पादन वृद्धि गर्ने कुरा चुनावी कुरा हो र ? आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा चुनावी कुरा हो र ? तीन वर्षको स्वतहः तलव बढाउने कुरा थियो कर्मचारीहरुको । ऐनमै त्यसको व्यवस्था छ । तलव बढाउनु चुनावी कुरा होईन । तालिम दिनुपर्छ युवाहरुलाई भन्ने कुरा चुनावको कुरा हुँदैन । किसानलाई पेन्सन दिने कुरा पनि चुनावी कुरा होईन । यो चुनावी कुरा होईन, उत्पादन बढाउने कुरा हो । चुनावी बजेट जे भनियो, यो चुनावी बजेट होइन । विगतकै बजेटको पनि निरन्तरता धेरै छन । तीन चार वर्ष अघिको सरकारले बनाएको बजेट पनि चुनावी बजेट हो त ?’

अर्थमन्त्री जनार्दन शर्माले सरकारको प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारनै बजेट आएको पनि बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सृजना गर्ने, गरिवीको अन्त्य गर्ने, हाम्रा स्रोत, साधनहरुको सही परिचालन र व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘नीति तथा कार्यक्रमले निर्देश गरे अनुसार बजेट ल्याइएको छ । बजेट गाउँको बाटो मात्रै होईन, बजेट गाउँको रोजगारी पनि हो । बजेट गरिवीको अन्त्य पनि हो । बजेट हाम्रा स्रोत साधनहरुको सही परिचालन र व्यवस्थापन पनि हो । यो एउटा चुनौति हामीले थपेको हो । हामीले भनेका छौं–यति प्रतिशत आयात प्रतिस्थापन गर्छौं । उत्पादन वृद्धि गर्छौ । यति लाख हामी रोजगारी सृजना गर्छौंं ।’

अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालयमा प्रयोग गरिएको सेनिटाईजर समेत विदेशी भएको पाइएको पनि आफूहरुले स्वदेशी बस्तुको प्रयोगमा जोड दिने निष्कर्ष निकालिएको पनि बताउनु भयो । अर्थमन्त्री शर्माले भन्नु भयो, ‘अव सरकारले स्वदेशी बस्तुनै प्रयोग गर्नुपर्छ । विस्कृट त चाँहियो तर त्यो पनि स्वदेशी आओस्न । सेनिटाईजर स्वदेशी आओस् । मास्क पनि स्वदेशी आओस् । सुरु कस्ले गर्ने त ? पहिला सरकारले गर्नुप¥यो । सरकारमा बस्ने पहिले हामीले नै सुरु गर्नुप¥यो । त्यसो गर्ने प्रतिवद्धता हामीले गरेको छौं र, हामीसँग धाँगो कारखाना छ । कपडा उद्योग छ । प्राईभेट धागो कारखाना छ । तिनलाई पनि सहुलियत दिँदैछौं । तिनलाई हामी सुविधा दिँदैछौं । विजुलीमा सुविधा दिन्छौं हामी । निर्यात गर्दा नगद इन्सेन्टिभ दिन्छौं । त्यसबाट हामी उनीहरुलाई उत्साहित गर्न खोजिराखेका छौं । टायर उद्योग, रवर उद्योग त्यत्तिकै छ । त्यसलाई बेच्नुपर्ने अवस्था छ ।’

अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पूर्ण रुपमा कार्यान्वयन हुने दावी समेत गर्नु भयो । उहाँले बजेटमा निर्माण व्यवसायीलगायतका केही विषयहरु छुटेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई समेटेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । अर्थमन्त्री शर्माले बजेट पूर्ण र उत्कृष्ट नभएपनि देश र जनताको आकांक्षालाई सम्बोधन हुने गरी आएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘यो पूर्ण छ । उत्कृष्ट छ ? होइन । राम्रो गरौं भनेर कोसिस गरिएको छ । कुनै क्षेत्र छुटेको होला । कुनैमा ध्यान नपुगेको पनि होला । त्यसका लागि पनि हामी क्षमाप्रार्थी छौं । यो गर्दै जाँदा कतिपय क्षेत्र चित्लिँदो पनि रहेछ । ध्यान नपुग्दो रहेछ । तर जे जति हाम्रो क्षमताले भ्याएको, हाम्रो टिमले जति सक्यो, यति ग¥यौं । हामीलाई के विश्वास छ भने यसलाई कार्यान्वयन पनि गर्न सक्छौ हामी । यसका लागि केही नीतिगत कुरा पनि उठाइएको छ यहाँ । हामीलाई त सम्बोधन भएन भनेर भनिराखेको छ एउटा सेक्टरले । अलिअलि छुटेको पनि छ । निर्माण व्यवसायीको गुनासो आएको रहेछ । तर उहाँहरुलाई पनि हामीले सजिलो बनाउने काम गरेका छौ । छुटेको छन भने पनि सम्बोधन गर्ने ठाउँ छ, हामी गरौंला । बजेटमा राखिएको लक्ष्य प्राप्त गर्न सक्छौ भन्ने मलाई विश्वास छ । हामीले सकेको कोसिस गरेको हो । राष्ट्रप्रति जनताको आकांक्षालाई सम्बोधन गर्नुपर्छ भनेर अहिलेको सरकारले कोसिस गरेको हो । सरकारले जति सकिन्थ्यो त्यति ग¥यौं ।’

अर्थमन्त्री शर्माले बजेटले आयात प्रतिस्थापन गर्ने, स्वदेशी उत्पादनमा जोड दिने, रोजगारीको अवसर सृजना गर्ने कामलाई प्राथमिकता दिएको पनि स्मरण गराउनु भयो ।