७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापन नहुन्जेल बैठक भत्ता लिन्नँ – ईश्वरमान डंगोल



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नहुन्जेल आफूले बैठक भत्ता नलिने बताएका छन् ।

काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले आज राखेको नगर कार्यपालिका बैठकमा बोल्दै वडाध्यक्ष डंगोलले बैठक भत्ता नलिने घोषणा गरेका हुन् ।

‘फोहोर व्यवस्थापन नभइरहेको अवस्थामा यो बैठकको भत्ता म लिन्नँ, यो नोट गर्नुहोला । फोहोर व्यवस्थापन नभएको कारण म बैठक भत्ता लिन्नँ । पछि बैंक खातामा भत्ता भनेर नपठाउनुहोला । म अहिले नै जानकारी गराउँछु ।’

उनी वडा नम्बर १५ मा तेस्रोपटक अध्यक्ष निर्वाचित भएका हुन् । उनी नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भई वडाध्यक्ष बनेका थिए ।