१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरोधबीच विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेकाे अवरोधबीच सरकारले प्रतिनिधिसभाबाट  सोमबार विनियोजन विधेयक पारित गर्ने तयारी  गरेको छ ।

संसद सचिवालयले सोमबारको बैठकमा लागि तयार पारेको कार्यसूची अनुसार विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ । 

अर्थमन्त्रीको जवाफपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले राख्ने र प्रस्तावउपर दफा दफा पास गरेर विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।

तर सभामुख अग्नि सापकोटाले कार्यसूची तयार गर्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसंग कुनै सल्लाह नगरेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले न्यूजपोलारलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, एमालेको बिरोध कायम कायम रहन्छ, सरकार र सभामुख संसदीय प्रणालीको धज्जी उडाउँदै हुनुहुन्छ ।