९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानसेनापति शर्माको विदेश भ्रमण स्वीकृत

प्रधानसेनापति शर्माको विदेश भ्रमण स्वीकृत
अ अ+ अ-

काठमाडौँ । सरकारले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युएनआइएफआइएलएल, लेबनान र युएनडिओएफ, सिरिया तथा मित्रराष्ट्र संयुक्तराज्य अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले बेल्जियमको राजधानी ब्रसेल्समा यही जेठ १८ देखि १९ गतेसम्म आयोजना हुने ‘ग्लोबल समिट २०२२ टर्निङ द टाइड अन चाइल्ड सेक्सुअल अबुउज अनलाइन’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेतमा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृति दिने, गणतन्त्र दिवस, २०७९ का अवसरमा उपमाकान्त पराजुलीसमेत १६ व्यक्तिको सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने, सुरक्षण मुद्रण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश, २०७९ को दफा ६ को उपदफा ९३० बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एकपटकका लागि थप गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा पदाधिकारी रहेका जनसङ्ख्या प्रमुख कन्सलटेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट डा जागेश्वर शर्मा गौतमले दिनुभएको राजीनामा स्वीकृत गर्नुका साथै लोक सेवा आयोगको सिफारिसबमोजिम निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले बजेट तथा अर्थसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेश गर्ने, मूल्य अभिवृद्धि कर (चौबिसौँ संशोधन) नियमावली, २०७९ अन्तःशुल्क (तेइसौँ संशोधन) नियमावली, २०७९ः भन्सार (तेह्राँै संशोधन) नियमावली, २०७९ र आयकर (तेहौँ संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।