२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडी च्याम्पियनका विजेता भरतलाई पूर्वमन्त्री भट्टराईद्वारा एक लाख सहयोग



अ+ अ-

ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग प्रदान गर्नुभएको छ । 

गए राति कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आज रु एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई रु एक लाख व्यक्तिगत रूपमा सहयोग दिने आश्वासन दिनुभएको थियो । आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको भट्टराईले बताउनुभएको छ । 

ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित दोखु घर भएका पौडेललाई विजेता बनेकोमा बधाइ तथा शुभकामना दिँदै भट्टराईले कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान र गरिमा बढाउन पौडेलद्वारा सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।