५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि



अ+ अ-

डडेल्धुरा । डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको हालसम्म डडेल्धुरामा ८५४ जना महिलाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । डडेल्धुराका सातवटै स्थानीय तहमा गरी २० वटा सूचीकृत स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा दिँदै आएका छन् ।

औषधि र शल्यक्रिया गरी दुई वटा विधिमार्फत सुरक्षित गर्भपतन गरिने स्वास्थ्यकर्मीले जनाएका छन् । आठ सय १५ जनाले औषधि र ३९ जनाले शल्याक्रियामार्फत सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय परिवार नियोजन संयोजक भवानी कुँवरले जानकारी दिनुभयो । डडेल्धुरा अस्पतालमा १५७ ले सुरक्षित गर्भपतन गराएका छन् ।

आज जिल्ला सदरमुकाममा सामुदायिक विकास मञ्चले आयोजना गरेको स्थानीय सञ्चारकर्मीसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी छलफल कार्यक्रममा सञ्चारकर्मीले सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन बढी भएको उल्लेख गर्नुभयो ।