९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मन्त्रिपरिषद् बैठकः मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत

मन्त्रिपरिषद् बैठकः मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत
file photo
अ अ+ अ-

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो । सोमवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अन्तशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सा १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले बजेट तथा अर्थ सम्बन्धी विधेयकहरु संघीय संसदमा पेस गर्ने, लोकसेवा आयोगको सिफारिस बमोजिम निजामति सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय गरेको पनि बताउनु भयो ।

त्यस्तै सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा बि.सं. २०७९ जेठ १८ देखि १९ सम्म आयोजना हुने ग्लोवल समिट २०२२, टर्निङ द टाइट अन चाइल्ड सेक्सुअल अबुस अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । उहाँका अनुसार सरकारले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृत दिने, गणतन्त्र दिवस २०७९ को अवसरमा उपमाकान्त पराजुलीसमेत १६ जना व्यक्तिहरुको सजाय माफी गर्न सम्माननीय राष्ट्रपति ज्यूसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युनिफिल, लेबनान र यूएनडफ सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने निर्णय भएको बताउनु भयो ।

प्रवक्ता कार्कीले भन्नुभयो, ‘बेल्जियमको राजधानी ब्रसेल्समा बि.सं. २०७९ जेठ १८ देखि १९ सम्म आयोजना हुने ग्लोवल समिट २०२२, टर्निङ द टाइट अन चाइल्ड सेक्सुअल अबुस अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका मान्य सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।

नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृत दिने ।

गणतन्त्र दिवस २०७९ को अवसरमा उपमाकान्त पराजुलीसमेत १६ जना व्यक्तिहरुको सजाय माफी गर्न सम्माननीय राष्ट्रपति ज्यूसमक्ष सिफारिस गर्ने ।

नेपाली सेनाका प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युनिफिल, लेबनान र यूएनडफ, सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमणमा जान स्वीकृत दिने ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा श्री प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने ।

सुरक्षण मुद्रण विकास समिति गठन तेस्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ क बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक श्री विकल पौडेललाई पदावधि एक पटकको लागि थप गर्ने ।

परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकार रहेका प्रमुख कन्सलटेण्ट अब्स्ट्रेटिक्स एण्ड गाइकोलोजिस्ट डा. जागेश्वर शर्मा गौतमले दिनुभएको राजिनामा स्वीकृत गर्ने ।

लोकसेवा आयोगको सिफारिस बमोजिम निजामति सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापना गर्ने ।

बजेट तथा अर्थ सम्बन्धी विधेयकहरु संघीय संसदमा पेस गर्ने ।

मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ अन्तशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सा १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।’

प्रवक्ता कार्कीले सुरक्षण मुद्रण विकास समिति गठन तेस्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ क बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदावधि एक पटकको लागि थप गर्ने निर्णय भएको बताउनु भयो । त्यस्तै परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकार रहेका प्रमुख कन्सलटेण्ट अब्स्ट्रेटिक्स एण्ड गाइकोलोजिस्ट डा. जागेश्वर शर्मा गौतमले दिनुभएको राजिनामा स्वीकृत गर्ने निर्णय भएको बताउनु भयो ।