२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न कांग्रेसको माग



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले हवाई सेवालाई सुरक्षित बनाउन सरकारसँग माग गरेको छ ।

तारा एयर दुर्घटनाका सन्दर्भमा सो पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले विज्ञप्ति जारी गरी हवाई सेवालाई सुरक्षित बनाउन माग गरेका हुन् ।

‘नेपाली कांग्रेस यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरु सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ‘नेपालको हवाई सेवालाई सुरक्षित बनाउन संभाव्य सबै उपाय अबलम्बन गर्न पनि नेपाली कांग्रेस नेपाल सरकारसंग माग गर्दछ ।’

यस्तै, कांग्रेसले आइतबार मुस्ताङमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारमा समवेदना पनि प्रकट गरेको छ ।