८ भाद्र २०८३, सोमबार
,
Latest
हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न कांग्रेसको माग



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले हवाई सेवालाई सुरक्षित बनाउन सरकारसँग माग गरेको छ ।

तारा एयर दुर्घटनाका सन्दर्भमा सो पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले विज्ञप्ति जारी गरी हवाई सेवालाई सुरक्षित बनाउन माग गरेका हुन् ।

‘नेपाली कांग्रेस यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरु सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ‘नेपालको हवाई सेवालाई सुरक्षित बनाउन संभाव्य सबै उपाय अबलम्बन गर्न पनि नेपाली कांग्रेस नेपाल सरकारसंग माग गर्दछ ।’

यस्तै, कांग्रेसले आइतबार मुस्ताङमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारमा समवेदना पनि प्रकट गरेको छ ।