२६ पुष २०८१, शुक्रबार
,
Latest
रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै, थुनामुक्त भएपछि भने– ‘धेरै लडाईं बाँकी छ’ पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ विदेशी भूमिका, नीति र दर्शन नेपालीलाई चाहिँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी ? पृथ्वीनारायणका पुर्खा को हुन्, थर किन खाँ/खान् भयो ? ८४ दिनपछि प्रहरी हिरासतबाट रवि छुट्दा पोखरामा जे देखियो (फोटो फिचर) रवि धरौटी बुझाएर कास्कीबाट रिहा, जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुने रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतको आदेश-पूर्णपाठ बीमा कम्पनीले संकलन गर्ने प्रिमियम रकम विकास निर्माणमा लगानी गर्नुपर्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारा एयरको विमान दुर्घटना प्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत उक्त घटनामा जीवन गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको हो । साथै, राष्ट्रपति भण्डारीले सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यानाकर्षण पनि गराउनुभएको छ ।

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत् अवस्थामा आज बिहान भेटिएको थियो । चालक दलका तीन सदस्य र १९ यात्रु लिएर पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

घटनामा जहाजमा सवार सबैको दुःखद निधन भएको जनाइएको छ ।