• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

सगरमाथा आधारशिविरमा जलवायु परिवर्तन सम्मेलन



काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा ‘जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन’ सम्पन्न भएको छ । विश्व कीर्तिमानी समाजको आयोजनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा ९मे २९० आइतबार सगरमाथा आधार शिविरमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

वर्तमान परिस्थितिमा जलवायु परिर्वतन र त्यसको असर न्यूनीकरणका सवालमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले अमेरिकी वातावरण वैज्ञानिकको सहभागितामा उक्त सम्मेलन सम्पन्न गरिएको विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्च राईले जानकारी दिनुभयो । सम्मेलनमा युनिभर्सिटी कोलोराडो अमेरिकाका वातावरण वैज्ञानिक जोन्ना लेम्बर्ट र कोलोराडो स्टेट युनिभर्सिटीका वैज्ञानिक जोयल बर्गरको सहभागिता रहेको थियो । उहाँहरुले विश्वमा जलवायु परिर्वतनको वर्तमान अवस्था, प्रभाव र न्यूनीकरण विषयमा प्रतिवेदन पेश गर्नुभएको थियो ।

वातावरण वैज्ञानिकको सहभागितामा सगरमाथा आधार शिविरमा जलवायु परिवर्तनको सवालमा विश्वको ध्यानाकर्षण गराउन सम्मेलन भएको संयोजक पूर्ण राईले जानकारी दिनुभयो ।