११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगत सङ्कलन अभियान



फाइल फोटो
अ+ अ-

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न सङ्कलन अभियान थालिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रमा हरेक समूहको रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदानमार्फत सङ्कलन अभियान थालिएको हो ।

केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भीर रोगका बिरामीको उपचारमा समस्या देखिन थालेपछि यस्तो रगत सङ्कलन अभियान थालिएको छ । वीरगञ्जमा मात्रै दैनिक ४० देखि ५० पिन्टसम्म रगतको माग भएको देखिन्छ ।

अहिले केन्द्रमा रगत माग गर्न आउनेसँग सोधभर्नाबापत रगत लिएर रगत दिने काम भइरहेको छ भने आवश्यकता अनुसार विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदान अभियान सञ्चालन गरिँदै आएको हो । रक्तदान कार्यक्रम आयोजना गर्ने सामाजिक सङ्घ संस्था र राजनीतिक दल स्थानीय तह निर्वाचनमा व्यस्त भएको कारण पछिल्लो पटक पर्सा र बारामा कुनै पनि ठूलो रक्तदान कार्यक्रम नहुँदा रगत अभियान देखिएको थियो ।