२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिको निर्देशन: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाउ



अ+ अ-

काठमाडौँ । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अगाडि बढाउन प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले सो विमानस्थल निर्माणमा देखिएका कानूनी र अन्य बाधाहरु हटाई निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएको हो ।

यद्यपि सर्वोच्च अदालतले यही जेठ १२ गते निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगराउन फैसला गरेको छ । समितिले सर्वोच्चको फैसलाको आलोचना गर्दै तत्काल कार्य अघि बढाउन निर्देशन दिएको हो ।

नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउने भएकाले सो विमानस्थल निर्माण गर्नुपर्ने समितिका सभापति पवित्रा निरौला खरेलले बताइन् । उनले भनिन्, “राष्ट्रिय हितअनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै दृष्टिकोणबाट उचित देखिँदैन ।”

उनका अनुसार बाह्य र आन्तरिक ऋणको बोझ बोकेर कठिन अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रयोजनका लागि भइसकेको अर्बौं रूपैयाँलाई निरर्थक तुल्याउँदा अझ धेरै धक्का लाग्छ ।

“अन्तर्राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानूनी, प्रशासनिक र व्यावहारिक कार्य गर्नू”, समितिले सरकारलाई दिएको निर्देशनमा भनिएको छ ।