• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

देशकै कान्छो जिल्ला नवलपुरको बजेटमा सुरुङमार्गदेखि ट्रमा सेन्टरसम्म



नवलपुर । सरकारले आगामी वर्षको बजेटमार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका लागि बजेट व्यवस्था गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आयव्यय विवरण प्रस्तुत गर्दै नवलपुरमा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका विभिन्न योजना प्रस्तुत गर्नुभएको हो ।

पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कीबासबाट नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को बर्दघाटसम्म सुरुङ मार्गका लागि अध्ययन गरिने कुरा बजेटमा उल्लेख छ । दुम्कीबास–बर्दघाटसहित अन्य राजमार्गको सुरुङ मार्ग विस्तारका लागि रु एक अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै उत्तर दक्षिण राजमार्गअन्तर्गत निर्माणाधीन कालीगण्डकी कोरिडोर, कर्णाली कोरिडोर र कोसी कोरिडोरका लागि जम्मा रु चार अर्ब ६९ करोड विनियोजन गरिएको छ । कालीगण्डकी करिडोरले भारत र चीनलाई छोएको छ । यो करिडोर नवलपुरको त्रिवेणीधामदेखि पाल्पा, बागलुङहुँदै चीनको कोरला नाकामसम्म पुग्दछ ।

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने र आगामी वर्ष नारायणघाट–बुटवलखण्ड विस्तार गरिने भएको छ ।

अहिले यो खण्ड विस्तारको काम करिब १६ प्रतिशत मात्रै पूरा भएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्नका लागि नारायणी नदीमा बहुउपयोगी सिग्नेचर पुल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने पनि बजेटमा उल्लेख गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकासहित कैलालीको लम्की, कर्णाली कोरिडरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । त्यसैगरी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका, चितवनको कठार र महोत्तरीको मटिहानीमा स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने भएको छ ।

देशकै कान्छो जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सरकारी सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन एकीकृत रूपमा सरकारी कार्यालय भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।