४ आश्विन २०८१, शुक्रबार
,
Latest
नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती सात प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छः उपेन्द्र यादव प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जालाई प्रदान



अ+ अ-

काठमाडौं ।अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) लाई प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल पर्यटन बोर्डले आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा कीर्तिमानी आरोही पुर्जालाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो । उक्त पुरस्कार रु एक लाख नगद राशिको रहेको पर्यटन बोर्डका महानिर्देशक तारनाथ अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी पर्वतीय पर्यटनमा उल्लेखनीय योगदान गर्ने र विभिन्न कीर्तिमान कायम गर्ने टासीलाक्पा शेर्पा, मिङमाग्याल्जेन शेर्पा, खिमलाल गौतम र दावा शेर्पालाई रु ५० हजार नगद राशिको तेञ्जिङ हिलारी पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कृत आरोहीहरुले आफूले पाएको पुरस्कारबाट सगरमाथा आरोहणमा अझै थप कीर्तिमान कायम गर्न साहस प्राप्त भएको बताएका छन् । आजदेखि सगरमाथामा मानव पाइला राखेको ६९ वर्ष पूरा भएको छ । उक्त अवसरको आयोजनामा आज पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले काठमाडौँको ठमेलदेखि कमलादीसम्म ¥याली आयोजनासमेत गरेका थिए । रासस