काठमाडौं । सरकारले निजामती कर्मचारीहरुको तलबभत्तामा १५ प्रतिशतले वृद्धि गरेको छ ।
सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान (बजेट) मा सरकारले कर्मचारीहरुले खाइपाइ आएको भत्तालाई पनि निरन्तरता दिएको छ ।
बृद्धि भएको तलब साउन १ गतेबाट लागू हुनेछ ।