काठमाडौं । अब ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता ६८ वर्षमै पाउने भएका छन् ।
संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट भाषण वाचन गर्दै अर्थमन्त्री जनार्दन शर्माले सामाजिक सुरक्षा भत्ता ६८ वर्षमै उपलब्ध गराउने जानकारी दिए ।
यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए ।
बजेटले सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने लाभग्राहीलाई सरकारद्वारा सम्मान गरिने पनि उल्लेख गरेको छ ।