९ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण आगामी वर्ष पूरा गरिने



अ+ अ-

काठमाडौँ । सात वर्षअघिको भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माण आगामी आर्थिक वर्ष सम्पन्न गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा सम्पदा पुनःनिर्माण सकिने लक्ष्य राखिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये करिब ६०० सम्पदा पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ ।

पुनःनिर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अवधि गत वर्ष नै सम्पन्न भए पनि सम्पदा पुनःनिर्माण भने अझै जारी छ । सम्पदा पुनःनिर्माण अन्य भवन निर्माणजस्तो छिटो गर्न नसकिने भएकाले समय लागेको पुरातत्वविद्को भनाइ छ ।

ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदास्थललाई उत्खननका कामलाई प्राथमिकताका साथ निरन्तर जारी राखिने बजेट वक्तव्यमा उल्लेख छ । संस्कृति र सभ्यतालाई प्रवद्र्धन गरी धार्मिक पर्यटकको आगमन बढाउने लक्ष्य पनि सरकारले राखेको छ । धार्मिक पर्यटनसमेत प्रवद्र्धन गरी आगामी आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ ।




भर्खरै