काठमाडौं । लोक सेवा आयोगले अधिकृतको नतिजा सार्वजनिक नगरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि नतिजा प्रकाशन गर्न ढिलाइ गरेको भन्दै काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा परीक्षार्थीहरुले प्रदर्शन गरेका हुन् ।
लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर नतिजा प्रकाशन भएको छैन ।
(फोटोफिचर)