७ श्रावण २०८३, बिहीबार
,
Latest
राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका उपप्रधानमन्त्रीद्धारा नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रसंशा



अ+ अ-

काठमाण्डौं ।अस्ट्रेलियाका बर्तमान उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले नेपाल साँच्चै नै जादुमय देश भन्दै वुद्धको जन्मभूमि र विस्वकै सर्बोच्च शिखर भएको देशको रुपमा प्रसंशा गरेका छन । नेपालको राजधानी काठमाण्डौं आँफै पनि बहुपक्षीय सम्पदाले धनी भएको बताउँदै उपप्रधानमन्त्री मार्ल्सले नेपाल भ्रमण गर्ने जो कोहीले पनि नेपालको मुक्त कण्ठले प्रसंशा नगरी रहन नसक्ने बताएका छन ।

लुम्बिनी/कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले नेपाल भ्रमण बर्ष २०२० का बिषयमा छलफल गर्ने क्रममा नेपाल सरकारले २०२० मा नेपाल भ्रमण बर्ष मनाउने तयारी गरिराखेको र त्यस्का लागि प्रत्येक बर्ष बीस लाख पर्यटक भित्र्याउने लक्ष लिएकोले त्यस्मा अस्ट्रेलियाको तर्फबाट पनि उल्लेख्य योगदान रहने कुरामा नेपाल सरकार र नेपाली समुदाय आशाबादी रहेको बताएपछि उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले उक्त कुरा बताएका हुन ।

छलफलका क्रममा नेपालमा पर्यटक भित्र्याउने नेपाल सरकारको यो महत्वपूर्ण कदम भन्दै नेता रिचर्डले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले अस्ट्रेलिया, नेपाली समुदायको लागि मात्रै नभएर नेपाल र अस्ट्रेलिया बीचको द्धिपक्षीय सम्बन्धको लागि पनि अत्यन्तै राम्रो र महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए ।

आफूले २०१२ मा नेपालको भ्रमण गरेको स्मरण गर्दै नेता रिचर्डले जनसंख्याको दृष्‍टिकोणले अस्ट्रेलियाकै हाराहारीमा रहेको नेपालसंगको सम्बन्धलाई अन्य दक्षिण एशियाली मुलुकहरुसंगको सम्बन्धलाई जस्तै महत्व दिएको बताए । नेता रिचर्डले २०१५ मा गएको बिनाशकारी भूकम्पका कारण अत्यन्तै प्रभाबित भएको नेपालको पुनर्निर्माण कार्यमा अस्ट्रेलिया निवासी नेपालीहरु र अस्ट्रेलियन सरकारको योगदान द्धिपक्षीय सम्बन्धको राम्रो उदाहरण भएको बताउँदै नेपाल भ्रमण बर्ष २०२० को सफलताको शुभेच्छा ब्यक्त गरेका थिए भलाई कार्यक्रम कोभिडका कारण रद्ध गर्नुपरेको थियो ।