१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत



अ+ अ-

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ ।

भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको आयव्यय स्वीकृत गरेको हो ।

योसँगै अब संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

आज अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय प्रस्तुत गर्ने कार्यक्रम छ ।

चालू आवको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार्वजनिक भएको थियो । वर्तमान सरकार गठन भएपछि प्रतिस्थापन विधेयकमार्फत बजेटमा समावेश केही नीति तथा कार्यक्रम र सीमामा सामान्य हेरेफेर गरिएको थियो ।