• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपको टोलीमा नपरेपछि न्युजिल्याण्डका शक्तिशाली ब्याट्सम्यानले लिए सन्यास ★   कोहलीले गरे जवाफी हमला, रिले रुसोलाई दिए बन्दुक ताकेर जवाफ ★   गत साउनदेखि चैत मसान्तसम्म २२४ वटा निर्माण कम्पनी कालोसूचिमा ★   प्रदीप र दिव्याको ‘एक्टर’को छायांकन सुरु ★   नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छ: पूर्वसभामुख ढुंगाना ★   प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो: उपाध्यक्ष भुसाल ★   स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने ★   आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने ★   पाँचखालमा रुखमा बाँधेर जलाएको अवस्थामा एक पुरुषको शव फेला ★   नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने

सम्पर्कविहीन तारा एयर : सेनाको हेलिकप्टर मुस्ताङको नर्सिङ गुम्बामा अवतरण- भिडियाे



काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको विमान खोजी गर्न अहिले नेपाली सेनाको हेलिकप्टर मुस्ताङको नर्सिङ गुम्बामा अवतरण गरेको छ ।

 

सो स्थानबाट नेपाली सेनाका १० र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली सम्पर्कविहीन विमानबाट मोबाइल फोनको लोकेसन पत्ता लागेको स्थानतर्फ गएको बताइएको छ ।

विमानको खोजीमा पैदलयात्राबाट नेपाली सेना र नेपाल प्रहरीको टोलीलाई पनि परिचालन गरिएको छ भने काठमाडौँबाट हिमालयन रेस्क्यूको टोलीसमेत पठाइएको छ ।

आज बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विन अटर विमान जोमसोम विमानस्थलमा अवतरण गर्नुभन्दा अगावै सम्पर्कविहीन भएको थियो । प्रतिकूल मौसमका कारण विमानको खोजी जारी राखिए पनि फेला पर्न सकेको छैन ।